
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बाबुराम भट्टराई समूह तिर इंगित गर्दै दाम्लो चुदायर हिड्नेहरु पार नलाग्ने बताउनु भएको छ । जनता समाजवादी पार्टी नेपाल काठमान्डू जिल्ला समन्वय समिति कार्यालयको उत्घाटन गर्दै कार्यकर्ता बीच मन्त्री श्रेष्ठले पार्टी बिधि /अनुशासन बिपरित छुट्टै भेला आयोजना गरि हिडेकाहरुको बिगत सबैले थाहानै भएको र पार नलाग्ने बताउनु भयो। उहाले समय समयमा एस्तो गलत प्रविर्तिका व्यक्ति तथा समूहहरु नयाँ बिकल्प निर्माण गर्छु भनेर हिडेकाहरु आफु भित्रै अन्तर बिरोध गर्नेहरुले पार्टीले नयाँ बैकल्पिक राजनैतिक शक्ति निर्माण गर्ने लक्षको बाटोमा बाधकको रुपमा देखिएको बताउनु भयो।
उहाले पार्टी भित्रका बिरोधि समुह तिर इसारा गर्दै भन्नु भयो ‘ मकै बारीमा काला पोथी परे सम्पूर्ण बालि सखाप हुने भएकोले पार्टी भित्र पनि त्यस्ता काला पोथी देखीय हटाउनु पर्छ। अनि मात्र बोट बिरुवा हुर्कन सक्छ। हामो पार्टीमा पनि यस्ता कला पोथी देखा परेका छन् , उनीहरु आफै अलप भएर जान्छन। ’
उहाले सबैलाई समेटेर नयाँ ढंगबात अगाडी बदन कार्यकर्तालाइ निर्देशन दिदै नजिकिदै गरेको चुनावमा सम्पर्क कार्यालयले जिम्मेवारी बहन गर्ने आशा ब्यक्त गर्नु भयो।