आज :

आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमति भएको हल्लाबारे प्रचण्डले मुख खोले

  • अनलाइन डबली

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ ।

उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए । त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको प्रचण्डले बताए ।

‘अरु केही कुरा अरु कसैसँग त्यो हुनसक्ने कुरा पनि थिएन । तर त्यो प्रचार भयो र यति प्रचारमा लाने कोशिस गरियो कि अन्तर्राष्ट्रियस्तरमा समेत लगिएछ’, प्रचण्डले भने, ‘सोही कारण मोदीले नभेटेको भन्ने पनि विल्कुल होइन ।’ उनले त्यस्ता वाहियात र षडयन्त्र मूलक प्रचारबाजीबाट सर्तक हुन समेत सबैलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले संसदले नागरिकता विधेयक पारित गरेर झण्डै ७ लाख नेपालीहरु नागरिकताबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिएको पनि बताए । समाजवादी केन्द्र र वामपन्थी एकताबारे सोधिएको प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टी फुटिसकेको भन्दै औपचारिकता दिन बाँकी रहेको र दुवै पक्ष (उपेन्द्र र बाबुराम) सँग छलफल चलिरहेको बताए ।

उनले उपेन्द्र यादवले नेतृत्व गरेको समूहसँग सरकार र गठबन्धनमा सँगै रहेको भन्दै बाबुरामले बनाउने भनेको अर्को पार्टी पनि गठबन्धनभन्दा बाहिर नहुने भनेर उनले भनेको बताए ।

‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग हामीहरूको कुरा चलिरहेको छ । यसमा माधवजीहरुसँग, उपेन्द्रजीहरुसँग, बाबुरामजीसँग र वामदेवजी पनि त्यसमा अहिले मिसिनुभएको छ’, प्रचण्डले गठबन्धनभित्रका वामपन्थीहरुबीच चुनावी विशेष मोर्चा बनाउने प्रयास भइरहेको बताए ।

‘हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुनसक्छ । भोलि पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ भनेर छलफल चलिरहेको छ’, प्रचण्डले भने, ‘अन्तिम निर्णय भैसकेको छैन । सम्भवतः केही दिनभित्र निर्णयमा पुग्छौ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal