आज :

विप्लवले नेकपा बहुमतलाई गठबन्धनमा राख्न नमानेपछि लफडा, गजुरेलले खोजे धर्मेन्द्र–हेमन्तको हस्ताक्षर !

  • अनलाइन डबली

काठमाडौँ । संसद बाहिर रहेका कम्युनिष्ट पार्टीहरुको गठबन्धन ब्युँतिएको २४ घण्टा नबित्दै लफडा भएको छ । विप्लवले नेकपा बहुमतलाई गठबन्धनमा राख्न नमानेपछि लफडा सुरु भएको हो । संसद बाहिर भएका कम्युनिष्ट पार्टीहरुको गठबन्धनमा पाँच वटा दल र एउटा मोर्चा मात्रै रहेका छन् । नेकपा बहुमतलाई त्यहाँ समेटिएको छैन ।

सोहि बिषयलाई लिएर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले गठबन्धनमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र सचिवालय सदस्य हेमन्तप्रकाश ओलीलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका हुन् । गजुरेलले एक विज्ञप्ति जारी गर्दै पाँच दलीय मोर्चामा वक्तव्यमा उल्लेखित कतिपय विषयमा आफूहरुको मत नमिलेको जनाएका छन् ।

पाँच राजनीतिक पार्टी र एक मोर्चा सम्मिलित कार्यगत एकताको यही श्रावण ४ गते भएको छलफलका दौरानमा भएका केही समझदारीको सार्वजनिकीकरण गरिएको सन्दर्भमा सामाजिक सञ्जालमा भएका टीकाटिप्पणीप्रति हाम्रो ध्यान आकर्षित भएको छ’, सोही पार्टीको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका गजुरेलले भने, ‘छलफलका दौरानमा भएको समझदारीका सन्दर्भमा उक्त वक्तव्यमा उल्लेखित कतिपय विषयमा हाम्रो मत नमिलेको कुरा सार्वजनिक गर्नका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’

​उनले विज्ञप्तिमा स्पष्ट नखुलाएपनि आफूहरुको माग धर्मेन्द्र र हेमन्तलाई पनि गठबन्धनमा समेटिनुपर्छ भन्ने रहेको बताए । ‘संसद बाहिर भएका कम्युनिस्ट पार्टीहरुबीच मोर्चा बनेको छ । त्यसमा धर्मेन्द्र र हेमन्त कमरेडलाईहरुलाई पनि समेट्नुपर्छ भन्ने हाम्रो मत छ’ गजुरेलले भने,‘तर, विप्लवजीहरुले धमेन्द्र–हेमन्तजीहरुलाई समेट्न मान्नु भएन ।’

विप्लव स्थानीय चुनावमा गएपछि धर्मेन्द्र–हेमन्तले केही अघिमात्रै नेकपाबाट विभाजन भई नेकपा बहुमत गठन गरेका थिए । बुधबार पाँच पार्टीसहित ६ कम्युनिस्ट घटकको गठबन्धन भएको जानकारी दिन हस्ताक्षरसहित विज्ञप्ति जारी भएको थियो । जसमा हेमन्त–धर्मेन्द्रको पनि हस्ताक्षर हुनुपर्ने गजुरेलको माग छ ।

बुधबार गठबन्धन गरेको घोषणासहित हस्ताक्षर गर्नेमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal