आज :

अन्ततः रुसको अगाडि ईयू झुक्यो ! प्रतिबन्ध फुकुवा गर्ने तयारी, बाइडन जिल्ल

  • अनलाइन डबली

काठमाडौँ । यूरोपियन यूनियन (ईयू) ले रसियाका बैंकको सम्पतीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । ईयूले हालै गरेको उक्त निर्णय सार्वजनिक भएको छ । समाचार एजेन्सी एफपीले एक जना उच्च अधिकारीसँगको सम्पर्कमा उक्त निर्णय सार्वजनिक गरेको हो । एफपीका अनुसार नाम सार्वजनिक नगर्ने सर्तमा ईयूका एक सदस्यले रुसको खाद्यन्न, इन्धन सप्लाईको लागि बैंकको रोक्का गरिएको सम्पती ईयू फुकुवा गर्न तयार भएको छ ।

युक्रेनमा सैन्य कारवाही सुरुगरेपछि अमेरिका र नेटोको निर्णयअनुसार ईयूले रुसी बैंकको सम्पती रोक्का गर्ने निर्णय गरेको थियो । आफूमाथि प्रतिबन्ध लगाएपछि रुसले पनि इन्धन र खाद्यन्न निर्यात कटौती गर्दैै गएको थियो । रुसले ग्यास, खाद्यन्न निर्यात कटौती गरेसँगै सिंगो यूरोपमा महंगी बढेपछि नागरिकहरु सडकमा निस्किएका छन् । उनीहरुले रुसमाथि लगाएको प्रतिबन्ध हटाएर आयतलाई सहज बनाउन पहिलो माग राखेका छन् ।

यूरोपका धेरै देशहरुमा नेटोको स्वार्थमा रुसमाथि प्रतिबन्ध लगाएर आफूरुलाई संकट निम्त्याएको भन्दै हजारौं मानिसहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् । हालै मात्र रुसले जुलाई ११ मा बाल्टिक सागरमा हुँदै जर्मनी ल्याइएको ग्यास पाइपलाइन बन्द गरेको छ । उक्त पाइपलाइनबाट ग्यास नआएपछि फ्रान्स, इटली प्रत्यक्ष मारमा परेका छन् भने यसको प्रभाव यूरोपभर परेको बताइएको छ ।

रुसले ग्यास नपठाए युरोपमा हाहाकार मच्चिन सक्ने भारतीय परराष्ट्र मामिला विज्ञ निनाद सेठ बताउँछन् । उनले ईयूले यो निर्णय गर्नु आफ्ना जनताको हितमा हुने बताए । खाद्य तथा फर्टिलाइजर ट्रेडबाट रुसी बैंकको सम्पती फुकुवा गर्ने गर्ने तयारी यूरोपको लागि सुखद् खबर भएको सेठीले बताए । रुसले इन्धन तथा खाद्यन्न सप्लाई रोके सिंगो यूरोपमा हाहाकार मच्चिने र त्यसले सत्तापलटसम्म गर्न सक्ने सेठी बताउँछन् ।

युरोपका उद्योगहरु रुसी ग्यासमै निर्भर छन् । जाडोबाट बच्न पनि रुसी ग्यासकै साहयता यूरोपले लिँदै आएको छ । जाडो मौसमको लागि भन्दै यूरोपले ग्यास भण्डार गर्दै आएको थियो तर रुसले एकै पटक पाइपलाइन बन्द गरेपछि ग्यास सकिँदै गएको छ । युक्रेनस्थित युरोपका सबैभन्दा ठूलो र दोस्रो आणविक ऊर्जकेन्द्र पनि रुसकै कब्जामा रहेका छन् । यहाँबाट अहिले पनि ऊर्जा उत्पादन भइरहेको छ । उर्जा उत्पादन बन्द वा यूरोपका अन्य देशहरुमा सप्लाई रोक्ने र रुसले ग्यास निर्यात रोक्ने बित्तिकै आधा यूरोप अन्धकार हुने बताइएको छ । रुसी उच्च अधिकारीहरुले पनि यूरोप अन्धकार बनाइदिने चेतावनी दिँदै आएका पनि छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कुर्सी पनि रुसले चालेको कदमकै कारण गएको बताइन्छ । जोनसन दुई पटक युक्रेन पुगेर सैन्य अस्त्र पठाउन बढाएपछि रुसले उससँग हुने हुँदै आएको अनौपचारिक निर्यातमा कडाई गरेको थियो । त्यसले बेलायतमा महंगी बढ्दो, त्यसबाट पार लगाउन जोनसनले विभिन्न सेवा तथा बस्तुमा थप कर लगाए । यसको विरोध नागरिक, जोनसनकै पार्टी र मन्त्रिपरिषद्कै सदस्यहरुले गरे ।

जोनसनकै कारण अर्थतन्त्र चौपट भएको भन्दै अर्थमन्त्रीले राजिनामा दिए । त्यसलगत्तै स्वास्थ्य मन्त्रीले पनि राजिनामा दिएपछि जोनसन संकटमा परे । अन्ततः प्रधानमन्त्रीको कुर्सी छोड्न बाध्य भए । अहिले जोनसन काम चलाउ मात्रै छन् । उनको पार्टीले दलको नेताको चयन प्रक्रिया पूरा गरेपछि नयाँ प्रधानमन्त्री बन्ने बताइन्छ ।

युरोपका अन्य देशका नेताहरुले यस्तो संकट आफ्नो सरकारमाथि पनि आउन सक्ने अनुमान गरेरै रुसी बैंकको सम्पती फुकुवा गर्न लागेको बताइन्छ । रुस आफ्नो कदमबाट एक पाइला पनि पछि नहट्ने देखिएपछि ईयू आफै पछि हट्ने निष्कर्षमा पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

ईयूको यो निर्णय सार्वजनिक भएपसँगै विश्वयमा नयाँ बहस सुरु भएको छ । यसलाई बै‌क मात्रै नभएर रुसमाथिकै प्रतिबन्ध फुकुवाको अर्थमा हेरिएको छ । ईयूले सुरुमा बै‌कको सम्पति फुकुवा गर्ने र त्यसपछि विस्तारै अन्य प्रतिबन्ध हट्दै जान सक्ने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्ध थप कडाई गर्ने भनिरहेको बेला ईयू लचिलो भएको छ । यसबाट बाइडनले समेत जिल खाएको बताइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal