आज :

महाकाली र सेती नदीमा खतराको घण्टी बज्यो, बुढीगंगाले बाजुरामा ४ घर बगायो

  • अनलाइन डबली

धनगढी । मंगलबारबाट भएको भारी बर्षासँगै सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । यहाँका दुई ठूला महाकाली र सेतीसँगै साना नदीमा पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ । त्यस्तै, कणाली नदीमा पनि पानीको वहाव निरन्तर बढिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका ९ वटै जिल्लामा भारी बर्षा भइरहेकोले पानीका बहाव बढ्नुको साथै बाढी–पहिरो र डुबान खतरा बढ्दै गएको छ । महाशाखाले नदीको तल्लो तटिय, खोला किनारमा बसोबास गरिरहेका नागरिकलाई सतर्क रहन पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

यसैबीच बुढिगंगा नदीमा आएको बाढीले बाजुरामा चार घर बगाएको छ । मंगरबार रातिबाट परेको अविरल बर्षाले बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार विस्थापित भएका छन्।
बाजुरा प्रहरीका अनुसार स्थानीय लक्ष्मी पण्डित र चन्द्रराज पण्डितको घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको छ।

प्रहरीका अनुसार अहिलेसम्म मानिसहरु कसैलाई केही भएको छैन । नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलबाट ३३ जनालाई उद्धार गरी सुरक्षित ठाउँ सारिरहेको छ । सुदूरपश्चिका तराई क्षेत्र डुबानको जोखिममा परेका छन् ।

त्यसैगरी बुधबार राति आएको अविरल बर्षपछि आएको बाढीले दार्चुलाको अपी हिमाल गाउँपालिका ४ को ठुलढुङ्गी पुल बगाएको छ। पुल बगाउँदा स्थानीय सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरूलाई आवतजावतमा समस्या भएको छ।

ठुलढुङ्गी पुल बगाउँदा विद्यार्थीहरू जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन्। निकै जोखिम मोलेर विद्यार्थीहरू आवतजावत गरिरहेको स्थानीयले बताए। बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढिपहिरो क्षति गरेको छ। बाढी पहिरोका कारण विभिन्न स्थानमा घर जमिन जोखिममा परेको छ।
ठाउँठाउँमा आएको बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal