आज :

गठबन्धनमा मात्रै भर नपर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

  • अनलाइन डबली

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको शक्तिमा मात्रै आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्थानीय तह निर्वाचनमा समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष नेपालले गठबन्धनको शक्तिमा मात्रै निर्भर नहुन निर्देशन दिएका हुन्।

आफ्नो भन्दा अरूको शक्तिमा भरपर्दा कमजोर भइने नेपालको भनाई छ। ‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दोरहेछ,’ उनले भने, ‘अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन।’

आफ्नो आधार र शक्ति बनाउन नसक्नेले मात्रै अरूको भर गर्नुपर्ने उनको भनाई छ। समाजवादी आफ्नै आधार निर्माण गर्न सक्षम रहेकाले बढी सिट जित्नेगरी अघि बढ्नुपर्ने उनले बताए। ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो,’ उनले भने।

गठबन्धनको अभ्यास गर्दा धैरै ठाउँमा कमजोरी भएकाले अब त्यसलाई सुधारेर अघि बढ्नुपर्ने उनको भनाई छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal