आज :

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । बुधबार सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुन् ।

यसैबीच प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय महिला आयोगले नियमित कामकारबाहीबाहेकमा उल्लेख्य र सिर्जनशील काम गर्न नसकेको निष्कर्ष निकालेको छ ।

आयोगका पदाधिकारी र सचिवसँग बैठक गरेर समितिले बजेटको ठूलो हिस्सा पीडित महिला सुरक्षा र सहायताका लागि भन्दा पनि अन्तक्र्रिया, गोष्ठी, क्षमता अभिवृद्धि, सचेतना, दिवस मनाउनमा खर्च भएको समेत औंल्याएको छ ।

राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित ९ करोड ८ लाख रुपैयाँमध्ये ३ करोड १२ लाख ९७ हजार ६ सय तीन रुपैयाँ खर्च नभएर फ्रिज भएको छ ।

जबकि पदाधिकारीले नियुक्ति पाएदेखि नै बजेट पर्याप्त नभएको बताउँदै आएका छन् । महिला तथा सामाजिक समितिमा सांसद गंगा चौधरी ‘सत्गौवा’ ले आयोग योजनाविहीन भएकै कारण बजेट फ्रिज भएको दाबी गरिन् ।

उनले आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको अमेरिका भ्रमणको औचित्यमा प्रस्ट उठाइन् । जवाफमा सदस्य पौडेल खतिवडाले अमेरिका भ्रमण सोध्नैपर्ने विषय नभएको र विवादित भएपछि भ्रमण रद्द भएको बताएकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal