आज :

मध्यराति युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाले यस्तो कडा कदम, रूसमा तरंग, अब के गर्लान पुटिन ?

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट रातिमा बर्खास्त गरेका छन् ।

उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले उल्लेख गरेको छ ।

बर्खास्तीमा परेका इभान बाकानोभ र इर्याना भेनेडिक्टोभाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । आइतबार मध्यराति भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले उनीहरुले राष्ट्रको सुरक्षाको आधारशिला विरुद्धका शृङ्खलाबद्ध अपराध गरेको आरोप लगाए ।

यसले दुई प्रमुखमाथि ठूलो प्रश्नचिन्ह खडा भएको र यसको उपयुक्त जवाफ आवश्यक रहेको उनले जिकिर गरे । त्यति मात्रै हैन इरानी ड्रोन युक्रेन आइपुग्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

ड्रोनमा इरानी विश्वकै एक नम्बरमा पर्छ, उसँग भएका शक्तिशाली ड्रोन युक्रेनमा रुसको पक्षमा लड्न आउन लागेका हुन् । यसको लागि रुसी सेनाको एक टोलीले तालिम समेत लिइसकेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले पनि इरान रुसलाई ड्रोन सहयोग गर्न लागेको बताएको छ । अमेरिकी अधिकारीहरुले छिटै इरानी ड्रोन युक्रेन पुग्ने दाबी समेत गरेका छन् । छोटोदेखि लामो दूरीसम्म मार गर्न सक्ने ड्रोन इरानले पठाउन लागेको बताइएको छ ।

युक्रेनलाई अमेरिकाले ड्रोन पठाउँदै गरेको बेला इरानी ड्रोन पनि मैदानमा उत्रिएका हुन् । अमेरिकासँग लामो दुश्मनी भएपनि प्रत्यक्ष भिड्ने समय मिलेको थिएन । अमेरिकाले रारानी सैन्य कमाण्डर सुलेमानीको हत् यादेखि इरानसँग निकै आक्रोसि छ । पटक पटक बदला लिने इरानले बताउँदै आएको छ ।

अमेरिका भन्दा इरानी ड्रोन शक्तिशाली भएको बताइएको छ । इरानी ड्रोनले छोटोदेखि लामो दूरीसम्म मार गर्नुको साथै आणविक मिसाइल प्रहार गर्न सक्छन् । एकै पटक ८ देखि १२ बटा घातक ब म प्रहार गर्न ती ड्रोन सक्षम रहेको बताइएको छ ।

इरानीसँग साहेद–१९१, साहेद– १२९, साहेद–१३६, मेराज–५०४ अबाबिल–५, कमान–२०२ लगायतका शक्तिशाली ड्रोन छन् । इरानसँग यस्ता विभिन्न तौल र मार क्षमता भएका हजारौं ड्रोनहरु छन् । यी ड्रोनहरुले मिसाइल वा ब म प्रहार गर्नुको साथै हावाबाट हावामा मार गर्न समेत सक्षम रहेका छन् ।

इरानी ड्रोनहरुको मार क्षमता १५० किलोमिटरदेखि ७ हजार किलोमिटरसम्म रहेको छ । साहेद–१९१ एकपटक कमान दिएपछि लगातार चारघण्टासम्म उड्न सक्छ । फ्लाइट रेञ्ज ४५० किलोमिटरभन्दा पनि धेरै छ भने यसले २ सडिड ३४२ बम बोक्न सक्छ ।

त्यसैगरी साहेद–१२९ यो भन्दा घातक रहेको छ । यो एक पटक २४ घण्टाभन्दा बढी समेत उड्न सक्छ । यसले ८ वटा घातक ब म बोकेर मार हान्न सक्छन् । इरानीले पठाउन लागेको ड्रोन ३६ घण्टासम्म उडान भर्न सक्छन् भने अधिकतम ७ हजार किलोमिटरसम्म सजिलै मार हान्न सक्छन् ।

अमेरिकाले लामो तथा छोटो दूरीका ड्रोन युक्रेन पठाएको छ । अमेरिकाले दिएका ग्लोबल हक यूएभी जस्ता ड्रोनले ब्ल्याक सी वरपर रुसी सेनामाथि हमला गरिरहेका छन् । लामो दूरीको ग्लाबल हकले मिसाइल प्रहार गर्न थालेपछि कम क्षतिको लागि रुसी सेना स्नेक आईल्यान्डबाट पछि हटेको थियो । हुन त रुसले यो जलमार्गबाट हुने अन्न सप्लाईको लागि खुला गरेको बताउँदै आएको छ ।

अमेरिकाले दिएका ड्रोनले रुसी सेनामाथि हमला भइरहेको बेला त्यसको कान्टर गर्न इरानले ड्रोन युक्रेन पठाउन लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । अब अमेरिका र इरानी ड्रोनको शक्ति युक्रेनमा देखिने भएको छ । इरानले लामो समयदेखि अमेरिकासँग कमाण्डरा सुलेमानीको बदला लिने बताउँदै आएको थियो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेर इरानविरुद्ध हमला गर्न सक्ने चेतावनी दिएका थिए । तर, इरानले बाइडनको चेतावनीको बेवास्ता गर्दै ड्रोन युक्रेन पठाउन लागेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal