आज :

भारतबाट फर्किएपछि प्रचण्डले के भने ?

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण सफल र फलदायी भएको बताएका छन् ।

तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रचण्डले भारत सरकार र भारतीय जनता पार्टी (भाजपा)ले आफ्नो स्वागतमा कुनै कसर बाँकी नराखेको बताए ।

‘सरकार र भाजपाको जुन जुन सम्मान र सुरक्षाको जस्तो व्यवस्था गरियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक लागेन ।’ उनले भने-‘उस्तै उस्तै गरेको पाइयो ! कतिपय सन्दर्भमा मैले सोचेभन्दा राम्रो भएको महसुस भएको छ ।’ यस्तै प्रचण्डको निजी सचिवालयले पनि भ्रमण फलदायी भएको जनाएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए ।

भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए ।

‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो ।’

मोदीसँग भेट नभएपनि भारत भ्रमणका क्रममा विदेशमन्त्री, भाजपाका अध्यक्षसहितका शीर्ष तहमा भएको भेटवार्ता फलदायी भएको उनको भनाइ छ । उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए ।

‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान जारी हुनुअघि नमिठो संवाद भएको थियो’, उनले भने, ‘तर, ७ वर्षपछि भेट्दा कस्तो होला भन्ने लागेको थियो । सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग दूतावासमा भएको ब्रेकफास्ट भेटघाटलाई नकारात्मक ढंगले प्रचार गर्ने काम भएको गुनासो गरे ।

भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र त्यसबाहेक अन्य कुराकानी नभएको बताए । भ्रमणका क्रममा भाजपाका अध्यक्षसँग भेटवार्ताका साथै नेपाली समुदायसँग पनि अन्तरक्रिया गरेको बताए ।

अध्यक्ष प्रचण्डको भ्रमण टोलीमा रहेकी स्वकीय सचिव समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सद्भावना भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै पार्टी टु पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।

‘दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ । भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ’, दाहालले सामाजिक सञ्जालमा भनेकी छन् ।

त्यस्तै उने भ्रमण सफलताको लागि भाजपा नेतृत्व, भारत सरकारका अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, भारतस्थित नेपाली राजदूत र दूतावास कर्मचारीहरु, सञ्चारकर्मी साथीहरू र हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ता कमरेड तथा सम्पुर्ण शुभेच्छुक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal