आज :

प्रचण्ड र भाजपाका अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता, प्रचण्ड आजै स्वदेश फिर्ता हुने

  • अनलाइन डबली

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

पूर्व निर्धारित तालिकाअनुसार आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए।

भेटमा दुई देशबीचमा लामोदेखि थाति रहेका असमान सन्धी, सीमा समस्या, छिमेकीबीचका समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ । भेटमा भारतीय विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवाला पनि सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तीन दिने भ्रमण सकेर प्रचण्ड आजै स्वादेश फिर्ता हुने कार्यक्रम रहेको छ । भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने बताइएको छ । प्रचण्ड गत शुक्रबारदेखि दिल्लीका विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै भारतीय उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट जारी राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal