
काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरू भएको पहिलो दिन आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार १०० रुपैयाँ छ ।
जुन, असार ३१ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो ।
सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार असार ३१ गतेको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।
यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ पुगेको छ । जुन, असार ३१ गते प्रतितोला ११ सय ४५ रुपैयाँ थियो ।