आज :

प्रचण्डले भारतका करिब डेढ अर्ब जनताले सुन्नेगरी १९५० को सन्धी पुनरावलोकन गर्नुपर्छ भनेपछि प्रशंसा

  • अनलाइन डबली

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएको प्रसंग अहिले चर्चामा छ । अहिलेसम्म कुनै पनि राजनेताले सार्वजनिक कार्यक्रममा असमान सन्धीको खारेज वा पुनरावलोकन गर्न कुरा नउठाएको बताइएको छ ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका अघिल्लो दिन १९५० को सन्धी समान रहेको प्रष्टसँग बताएका छन् । शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीको कार्यक्रममा प्रचण्डले सो प्रसंग उठाएका हुन् ।

भ्रमणलाई भारतले विशेष महत्व दिएको बेला प्रचण्डले सन् १०५० को असमान सन्धी पुनरावलोकन गर्नुपर्ने माग उठाएपछि उनको प्रसंशा भइरहेकोछ । उनले कुटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने समेत बताए ।

नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि प्रचण्डले स्पष्टसँग बताए । उनले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढन सकिने बताए ।

प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि उनले स्पष्ट पारे ।

भारतले असमान सन्धी पुनरावलोकन गर्नुपर्ने माग उठाएपछि देशमा प्रचण्डलाई प्रशंसा भइरहेको छ । विभिन्न राजनीतिक पार्टी तथा सामाजिक अभियान्ताहरुले सामाजिक संजालमा धन्यवाद दिँदै प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा पनि उक्त कुरा उठाउन आग्रह गरेका छन् ।

भारतीय दूतावासका अनुसार आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच भेटवार्ता हुने भएको छ । भारतीय जनता पार्टीको निमन्त्रणमा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal