Skip
आज :

आरजुसँगको भेटलाई लिएर गरिएका टिप्पणी प्रचण्डको सचिवालयद्वारा खारेज

  • अनलाइन डबली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँगको भेटलाई लिएर गरिएको टिप्पणीलाई खारेज गरेको छ । प्रचण्डको सम्मानमा भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङको क्रममा सामुहिक भेट भएको सचिवालयले प्रष्ट पारेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले उपचारको क्रममा भारतमा रहेकी काँग्रेस नेतृ राणासँगको सामुहिक भेटको क्रममा स्वास्थ्य लाभको कामना गरेको भन्दै उक्त भेटबारे अराजनीतिक र अनर्गल तथा घटिया टिप्पणी खारेज गरेको बताएका छन् । उनले भ्रममा नपर्न समेत जनसमुदायलाई अपील समेत गरेका छन् ।

मल्लले सामाजिक संजालमा लेखेका छन्- गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जयप्रकाश नड्डा ज्युको निमन्त्रणामा तीन दिने सदभावना भ्रमणका लागि नयाँ दिल्लीमा हुनुहुन्छ। उहाँको दैनिक भेटघाट र कार्यक्रम सबै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संचार माध्यमले प्रशारण गरिरहेका छन।

आज बिहान भारतका लागि नेपाली राजदुतावासमा महामहिम शंकर प्रसाद शर्माले दिएको ब्रेकफास्ट मिटिङमा स्वास्थ्य उपचारको क्रममा भारतमा रहनु भएकी काङ्ग्रेस नेतृ डा आरजु राणा देउवासङ्ग कमरेड अध्यक्षको ब्रेकफास्टकै क्रममा सामुहिक भेट भएको हो। भेटको क्रममा कमरेड अध्यक्षले उहाँको स्वास्थ्यलाभको कामना गर्नु भएको थियोे। भेटघाटको क्रममा दूतावासका कर्मचारी सहित नेपाली समुदायका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो।

यस विषयलाई लिएर केहि मान्छेले गलत नियतका साथ घटिया तरिकाले गरेको टिप्पणीप्रती हाम्रो ध्यानाकर्षण भएको छ। त्यस प्रकारका अराजनीतिक र अनर्गल टिप्पणीलाई अध्यक्ष कमरेडको सचिवालयको तर्फबाट पुर्णतः खारेज गर्दछौं । कुनै पनि भ्रम नरहन समेत देश विदेशमा रहेका देशभक्त नेपाली दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आग्रह गर्दछौं।

हाम्रो देश र जनताको हित बाहेक अरु कुनै स्वार्थ छैन । राष्ट्रिय स्वार्थ प्रती प्रतिवद्द रहि छिमेकीसङग टेबुलमा बसेको एक राष्ट्रनायक प्रतिका टिप्पणीहरु नै राष्ट्रहितका विपरीत हुन्छन् भन्ने चेतना सम्बन्धित पक्षलाई हुन जरुरी छ।  – धन्यवाद

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal