आज :

माओवादी एसको नयाँ अवधारणाः स्थानीय तहमा महिला–पुरुष दुई प्रमुख हुनुपर्छ

  • अनलाइन डबली

काठमाडौं । नेकप माओवादी समाजवादीले गुम्दै गाएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरु रक्षाको लागि स्थानिय तहमा महिला र पुरुषको समान अधिकार सहितको अध्यक्ष(प्रमुख) दुई कार्यकारी पदको सिर्जना गर्नु पर्ने नयाँ अवधारणा अगाडी सारेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरुको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त वर्तमान उपलब्धिहरुमा सयर गर्ने सत्तासिनहरुले उनिहरुको अधिकार कटौती गरेको आरोप समेत लगाएका छन् । सो पार्टी निकट अनेम संघ(क्रान्तिकारी)द्वारा आयोजित कार्यक्रममा वक्ताहरुले महिलाहरुलाई कार्यकारी जिम्म दिदा चुस्त–दुरुस्त, पारदर्शी र इमान्दारितापूर्ण तबरले कार्य सम्पादन हुने भएकाले समान अधिकारको पद सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष बुढाथोकीले महिला पुरुष भन्दा कम नहुने उदाहारण नेपाल बाहिर खोज्ने भन्दा स्वदेशमै चलेको १० वर्षे जनयुद्धमा उनिहरुको विरतापूर्ण संघर्षमय इतिहास साक्षि रहेको र आजको उपलब्धि काफी रहेको बताए । उनले माओवादी शक्ति जति सुकै टुक्राहरुमा विभाजित भएर या उनिहरु जितिसुकै बदनाम भएपनि उसका अगाडी अरु कुनै पनि शक्ति देश भक्त र परिवर्तनशील हुन नसक्ने बताउँदै सबै एक ठाउँमा आउनु पर्ने धारणा राखे । उनले भने,“विप्लव,ऋषि कट्टेल, आहुती नेतृत्वका पार्टी र हाम्रो पार्टी सहित ४ पार्टीबीच चाँडै एकता गरेर पुन संघर्ष मार्फत क्रान्तिकारी नेतृत्व जन्माउनेछौं र समाजलाई नयाँ दिशा दिने छौं ।” माओवादी शक्ति आज हाँसी माजाक र जिस्क्याउने विषय बनेकोछ, प्रतिक्रियावादीहरुले हेप्न थालेका छन्, खबर्दार ! यो शक्ति,विचार र ब्राण्डलाई हल्का नसम्झ पुनः जाग्रित हुँदै छ, उनले थपे ।
नेत्रवीक्रम चन्द निकट अनेम संघ(क्रान्तिकारी) अध्यक्ष बन्दु चन्दले जनयुद्ध र १९ दिने जन आन्दोलन मार्फत समावेशी र समानुपातिक प्रतिनिधित्व स्थापित भएकोले, त्यही अनुसार नयाँ संविधानमा पनि उल्लेख गरिएको तर कार्यान्वयन फितलो भएकोमा आक्रेष व्यक्त गरिन् ।

अध्यक्ष चन्दले पहिलो संविधान सभामा महिलाहरुको सम्मानजनक उपस्थिति भएपनि पछि विस्तारै परिवर्तनकारी शक्ति कम्जोर हुँदै गएसँगै दोस्रो स्थानिय तहको चुनावसम्म आइपुग्दा संविधानमा उल्लेखित विषय पनि उल्लङ्घन भएको बताईन । संविधानमा उल्लेख गरेर अनिवार्य गरिएको समानुपातिक र समावेशी अनि महिलाहरुको अधिकार हनन् हुन थालेकोमा महिलाहरु नै मौन रहनु दुःखत विषय भएको बताउँदै उनले भनिन्,“हिजो मुक्तिका लागि सँगसँगै लडेका सहकर्मी महिलाहरु संसदमा हुनुहुन्छ, तर उहाँहरु यस विषयमा किन चुप बस्नु भएको छ, हामी अच्चममा परेका छौं ।” संविधान विपरित महिलाहरुका अधिकार कटौती गरी पितृसत्तालाई लागु गर्ने प्रधानमन्त्रीसहित पार्टी प्रमुखहरुलाई मुद्धा हाल्दा दोषी ठहर हुन्छन्, अध्यक्ष चन्दले अगाडी भनिन् ।

पूर्व सांसद अंदाबा सेर्पाले माओवादी समाजवादीले अख्तियार गरेको नयाँ अवधारणा नितान्तरुपमा आत्यावश्यक भएको र यस विषयमा भएको छलफलको आजको दिन ऐतिहासिक भएको समेत बताईन । सेर्पाले महिला अधिकार, समावेशी र समानुपातिक विषय राष्ट्रिय वहसको विषय बाउन जरुरी भएको बताईन ।

सो ‘स्थानीय निकायमा निर्वाचित महिला पुरुष दुई प्रमुख(अध्यक्ष)’ विषयक अन्तरक्रिया कार्यक्रमको सभाअध्यक्षता संघकी अध्यक्ष धनकुमारी मगरले गरेकी थिइन भने उपाध्यक्ष मिना चन्दले सञ्चालन गरेकी थिइन्, स्वागत मन्तब्य अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जेनिसा लामाले गरिन भने, संघकी केन्द्रीय सदस्य निता शाहीले उपस्थित सबैलाई धन्यबाद दिएकी थिइन् । कार्यक्रममा नेकपा माओवादी समाजवादीका सचिव तथा प्रवक्ता अरुण घिसिङ, सचिव मेघबहादुर खत्री, स्थायी समिति सदस्यहरु दिपक जंगम, योगेस राल्फाली लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal