आज :

भारतमा प्रचण्ड व्यस्तः विदेश मन्त्री एस जयशंकरसँग भेट, मोदीसँग भोलि भेटवार्ता हुँदै

  • अनलाइन डबली

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै व्यस्त रहेका छन् । शुक्रबार भारत भ्रमणमा गएको प्रचण्ड शनिबार विहानैबाट उच्च राजनीतिक भेटघाटमा व्यस्त रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैबीच प्रचण्ड र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटघाट भएको छ । नयाँ दिल्लीमा भएको भेटवार्तामा जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताएका छन् ।

भेटपछि भारतीय विदेश मन्त्रालयले छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने प्रतिवद्धता जनाएको छ ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नडडाको निमन्त्रणमा शुक्रवार दिल्ली पुगेका प्रचण्डले आजै यसअघि भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । त्यस्तै, बिदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट गर्ने कार्यतालिका छ ।

आजै प्रचण्डल फाउन्डेसन फर पब्लिक अवरनेस एन्ड पोलिसीले आयोजित सेमिनारमा प्रमुख बक्ताको रुपमा सहभागी हुने कार्यक्रम तय भएको छ । प्रचण्डले नेपाल-भारत सबन्धका बारेमा आफनो धारण राख्नेछन् ।

साँझ बिदेश मन्त्री जयशंकरले माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा दिएको रात्री भोजमा सहभागी हुनेछन, जसमा भारत सरकार मन्त्रीहरु पनि सहभागी हुने बताईएको छ ।

यसैगरी, आइतवार भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने आइतबार नै प्रचण्डले भाजपा मुख्यालयको भ्रमणमा पुग्नेछन, त्यसक्रममा उनले भाजपा अध्यक्ष जेपी नड्डासँग भेटघाट गर्नेछन ।

माओवादी अध्यक्ष प्रचण्डको सम्मानमा भाजपा अध्यक्षले दिएको सोही दिन आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।गत शुक्रवार दिल्ली पुगेका प्रचण्डलाई भाजपा बिदेश बिभाग प्रमुख बिजय चौथाईवालाले स्वागत गरेका थिए । उनी सोमवार नेपाल फर्कनेछन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal