आज :

अन्ततः झुक्यो अमेरिकाः रुसी हतियारमाथिको प्रतिबन्ध हटायो, एस–४०० मिसाइल भारतले किन्दै

  • अनलाइन डबली

काठमाडौँ । अन्ततः अमेरिकाले रुसी रक्षा प्रणाली बिक्रीमाथि लगाएकोक प्रतिबन्ध हटाएको छ । रुससँग रक्षा प्रणाली खरिद गर्ने कुनै पनि देशहरुमाथि कारवाही गर्ने गरी अमेरिकाले काट्स कानुन बनाएको थियो । यही कानुनका कारण भारतलगायतका देशहरुले रुसी एस–४०० मिसाइल रक्षा प्रणाली खरिद गर्न पाएका थिएनन् ।

सन् २०१४ मा रुसले क्रिमिया गाभेपछि र २०१६ अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै अमेरिकाले काट्स कानुन बनाएको थियो । सन् २०१७ मा संसदबाट पारित गरेको काट्स कानुनमा रुससँग रक्षा उपकरण वा खुफिया लेनदेन गर्ने कुनैपनि देशमाथि अमेरिकाले दण्डात्मक कारवाही गर्ने प्रावधान थियो ।

युक्रेन घटनालाई लिएर आमनेसापने भइरहेको बेला अमेरिकाले रुसको अस्त्रमाथि लगाएको कानुन संशोधन गरेको हो । सांसद रो खन्नाले संसदमा पेश गरेको विधेयक ध्वनी मतद्वारा पारित भएको छ । भारतीय मुलका खन्नाले यो कानुन समय सापेक्ष नभएको भन्दै संशोधन विधेयक संसदमा पेश गरेका थिए ।

अमेरिकाले प्रतिबन्ध हटाएसँगै भारतले पहिलेदेखि डिल भइरहेको एस–४०० मिसाइल खरिद गर्ने भएको छ । उसले पहिलेदेखि नै यो प्रणाली खरिद गर्न चाहेपनि अमेरिकी प्रतिबन्धका कारण रोकेको थियो । भारतले अबको केही हप्तामा पाँच अर्ब डलरमा रुसको एस—४०० मिसाइल प्रणाली खरिद गर्ने भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले यो कानुन भारतको लागि मात्रै संशोधन गरेको बताएका छन् । भारतको कुटनीतिक सम्बन्धका कारण अमेरिकाले भारतलाई रुसी रक्षा प्रणाली खरिद गर्न छुट दिएको भारतको दाबी छ । तर, संशोधित कानुनबारे औपचारिक रुपमा केही बताएको छैन ।

भारतीय संचारमाध्यमहरुका अनुसार चीनसँगको सम्भावित लडाइँमा भारतलाई सहयोग पुग्नेगरी अमेरिकाले कानुन संशोधन गरेको बताएका छन् । चीनसँग मुकाबिला गर्न रुसी हतियार आवश्यक भएको भारतमा बहस हुँदै आइरहेको थियो । एस–४०० मिसाइलले ४ सय कलिमिटरसम्म दुश्मनको मिसाइल, ड्रोन, एयरक्राप्ट र हवाई हमला निश्तेज पार्न सक्छ भने सटिक निसाना लगाउँछ ।

चीन विरुद्धको लडाइँमा भारतले आफूलाई अस्त्रलैस बनाउनु पर्ने भन्दै अमेरिकी संसदले ध्वनी मतद्वारा संशोधन विधेयक पारित गरेको बताइएको छ । चीनबाट हुन हमलाको काउन्टर गर्न पनि भारतलाई रुसी अस्त्र ल्याउन दिने अमेरिकी राष्ट्रपति जो बाइडन तयार भएपछि यो कानुन संशोधन गरिएको बताइएको छ ।

अमेरिकाले यो कानुन संशोधन गरेर चीन र रुसबीचको सम्बन्धमा चिसोपन ल्याउन पनि काट्स कानुन संशोधन गरेको रक्षा विज्ञहरु बताउँछन् । स्वार्थ जे भएपनि युक्रेन घटनालाई लिएर रुसमाथि नाकाबन्दी लगाएको बेला यो कानुन संशोधन गर्नु अमेरिका झुकेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal