आज :

नेपाली रुपैयाँ झन् कमजोर, आज अमेरिकी डलर अहिलेसम्मकै महंगो

  • अनलाइन डबली

काठमाडौं । नेपाल रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । अमेरिकी डलरसँग सटहीमा नेपालीा रुपैयाँको अहिलेसम्कै कम मूल्य भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर खरिददर १२७ रुपैयाँ ५१ पैसा पुगेको छ ।

त्यसैगरी बिक्री दल १२८ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । त्यस्तै, युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

युक्रने घटनापछि नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य लगातार बढिरहेको छ । यसले वित्तिय क्षेत्रमा प्रभाव परेको छ । नेपालमा विदेशी मुद्र सञ्चितिमा कमी भइरहेको बेला डलरको मूल्य बढ्दा समस्या थपिएको छ । नेपालमा हरेक वस्तु आयत गर्दा डलरमा मूल्य तिर्ने गरिन्छ । डलरको मूल्य लगातार बढ्दा आयत हुने बस्तु पनि महंगो हुन्छ ।

नेपालमा विदेशी मुद्रा सञ्जितिमा केही सुधार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ समान्तसम्म करिब ३० अर्ब विदेशी मुद्रा संचित भएको छ । विदेशी मुद्रा संचिति घट्दै जान थालेपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विलासी बस्तु रोक लगाएका थिए ।

केहीले विरोध गरेपनि समग्रमा यसले आर्थिक अवस्था सुधारतिर लगेको छ । असार मसान्तसम्म आउँदा त्यो झन बढ्ने अर्थविद्ले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal