
काठमाडौँ । पार्टी संचालनमा कुरा नमिलेपछि सल्लाहमै छुटिने सहमति गरेको जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको डिभोर्स भएको छ । आजबाट उनीहरु अलग अलग भएका छन् । केही दिनदेखिको बढ्दै गएको विवाद अन्ततः फुटमा पुगेको छ ।
आज भट्टराईले अलग भेला गरेसँगै जसपा विभाजन भएको नेताहरुले बताएका छन् । अध्यक्ष उपेन्द्र यादवले एकल निर्णय गरेर मन्त्री हेरफेर गरेपछि भट्टराई पक्ष अघि बढेको थियो ।
काठमाडौँको जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको भेलामा केन्द्रीय निकायका १८ जना, केन्द्रीय समितिका ३४ जना, संघीय परिषद्का ३२ जना सदस्य भट्टराई पक्षको भेलामा सहभागी भएको नेताहरुले बताएका छन् ।
कार्यकारिणी सदस्य महेन्द्र राय यादव बाहेक जसपाका अन्य शिर्ष नेताहरु भने भेलामा सहभागी भएका छैनन् । उनीहरु सबैले यादवलाई नै साथ दिएका छन् ।
बाबुराम समूहमा लागेका भनिएका नेताहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायत भेला सुरु हुँदासम्म आइपुगेका छैनन् । भेलामा अधिकांश नयाँ शक्तिका नेता तथा कार्यकर्ता सहभागी रहेका छन् ।
यसअघि सिंहदरबारमा बसेकाे बैठकमा बाबुरामकाे प्रस्तावमा सहमतिमै छुटिने कुरा भएकाे थियाे । भट्टराइले विचार र व्यवहार मिलेन अब सहमतिमै अलग हाैं भनेका थिए भने त्यसलाइ यादवले स्वीकार गरेका थिए ।
तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच २०७६ बैशाख २१ गते पार्टी एकता गर्ने सहमति भएको थियाे । साेही सहमतिमा एकतापछि एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएकाे थियाे । पछि निर्वाचनमा अायाेगमा दर्ता गर्दा अगाडि जनता थपिएकाे थियाे ।
एकतापछि बाबुराम संघीय परिषद् अध्यक्ष र उपेन्द्र केन्द्रीय समिति अध्यक्ष बन्ने सहमति भएकाे थियाे । सहमति अनुसार दुबै नेता अध्यक्ष भएपनि सुरूका दिनबाहेक कहिलै राम्राे सम्बन्ध नभएकाे नेताहरू बताउँछन् । संघीय परिषद्लाई केन्द्रीय समितिको निर्णय उल्टाउने अधिकार दिने भनिएकाे थियाे । तर त्याे नभएकाे बाबुरामले गुनासाे गर्दै अाएका थिए ।
पार्टी एकता हुँदा पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय बनाइएकाे थियाे । त्यस्तै केन्द्रीय सदस्यमा नयाँ शक्तिका १५१ र फोरमका २०० बढी हुने र संघीय परिषदमा एक हजारकाे बनाउने सहमति भएकाे थियाे । – फाइल फाेटाे