आज :

जनार्दनले उठाएको कदमले आर्थिक क्षेत्र सुधारउन्मुख, एकै महिनामा ३० अर्ब विदेशी मुद्रा सञ्चित

  • अनलाइन डबली

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले गरेका राम्राे कामकाे प्रभाव पर्न थालेकाे छ । नेपाल राष्ट्र बैंकका सार्वजनिक गरेकाे पछिल्लाे तथ्यांकअनुसार आर्थिक क्षेत्र सुधारउन्मुख अवस्थामा फर्केको छ । विदेशी मुद्रा सञ्चितिमा ढुकुटी खाली हुँदै गएपछि शर्माले नीतिगत निर्णयसँगै विलासी बस्तु आयातमा रोक लगाएका थिए । योसँगै वैदेशिक मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार एकै महिनामा मात्रै झण्डै ३० अर्ब विदेशी मुद्रा संञ्चित भएको छ । जेठ महिनाको मसान्तसम्म २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेसँगै विदेशी मुद्रा कुल सञ्चित ११ खर्ब ७६ अर्ब ८४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । असार महिनामा त्याे भन्दा अझै बढ्न सक्ने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्रको ढुकुटी खाली हुन लागेको भन्दै चौतर्फी चिन्ता र चाँसो बढेसँगै शर्माले व्यापार घाटा कम गर्न उत्पादनमा जोड दिने नीतिसँगै विलासी बस्तुमाथि आयतमा रोक लगाएका थिए । त्याे भन्दा पहिले वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर सञ्चित थियो । राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले घटेर जेठ २०७९ मा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको थियो ।

केही सुधार भएपनि अझै अमेरिकी डलर सञ्चितिमा दवाव कायमै रहेको अर्थशान्त्रीले बताएका छन् । अझै विसाली बस्तुमाथिको आयत खुला नगर्न विज्ञहरुले सुझाव दिएका छन् । शर्माले विलासी बस्तुकाे अायतमा राेक लगाउँदा विराेध भएपनि त्यसकाे सकारात्मक प्रभाव पर्न थालेकाे छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणसँगै नेपाल श्रीलंका बन्छ भन्ने त्रास र भयबाट केही राहत मिलेको छ । नेपाल र श्रीलंकाको अर्थतन्त्र नै नितान्त फरक भएको भन्दै त्यो बाटोमा जान नदिने प्रतिवद्धता निर्वतमान अर्थमन्त्रीले शर्माले मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गरेका थिए ।

आगामी बर्षको बजेटमा शर्माले उत्पादनमा जोड दिएका छन् । बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । कृषि  ‍तथा औद्योगिक उत्पादन बढाएर व्यापार घाटा कम गर्दै देशलाई आत्मनिर्भरतातिर लैजान बजेटमा संकेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal