आज :

चिनियाँ राष्ट्रपतिको सन्देश बोकेर नेता लिउ प्रचण्ड निवासमै पुगे, भेटवार्तामा के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौँ । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका शिर्ष नेता तथा विदेश विभाग प्रमुख लिउ जियन्चओले नेकपा माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवासमा भएको भेटमा भ्रमण दलका अन्य नेताहरु पनि सहभागी थिए ।

त्यसैगरी माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसाल पनि भेटमा सहभागी थिए । शनिबार काठमाडौँ आइपुगेका नेता लिउ चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्राध्यक्ष सी चिनफिङको सन्देश बोकेर प्रचण्डलाई भेट्न निवासमै पुगेका थिए ।

अध्यक्ष प्रचण्डको सचिवालयले प्रेस नोट जारी गर्दै नेता लिउले सोमबार दिउँसो प्रचण्ड निवासमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेको जनाएको छ । भेटवार्ताको क्रममा के कुरा भयो भन्ने नखुलाइएपनि दुई कम्युनिस्ट पार्टीबीचको अपसी सम्बन्ध, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको विश्वास पात्र समेत रहेका नेता लिउले नेपालमा एमसीसी, एसपीपीबारे पनि चाँसो राखेको बताइएको छ । जवाफमा प्रचण्डले एक चीन नीतिको पक्षमा आफ्नो पार्टी र सरकार प्रतिवद्ध रहेको बताउँदै नेपालीभूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

त्यस्तै, कम्युनिस्टबीचको एकताबारेको चाँसोमा प्रचण्डले राष्ट्रिय आवश्यकताका आधारमा विचार र कार्यक्रम मिल्नेहरुबीच एकता तथा सहकार्य हुन सक्ने बताएको एक नेताले बताए । नेता लिउले राखेको चाँसो चिनियाँ राष्ट्रपतिको चाँसो भएको बताइएको छ ।

चीनले नेपालमा अमेरिकाले जबरजस्त कुटनीतिक गरेको भन्दै खुलेरै आलोचना गर्दै आएको छ । एमसीसी पास गर्नुअघि चीनले मिछेकीलाई जबरजस्त गरे आफूहरुको लागि मान्य नहुने चेतावनी समेत दिएको थियो ।

नेपालले अमेरिकी सैन्य गठबन्धनमा सहभागी हुने एसपीपी अस्वीकार गरेपछि चीनले उच्चस्तररिय भ्रमण गरेको छ । चीनले एसपीपी अस्वीकार गर्न कुटनीतिक रुपमा पहल गरिरहेको बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal