आज :

तनावका बीच काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

  • अनलाइन डबली

काठमाडौँ । शेखर कोइराला पक्षका कार्यकर्ताको नाराबाजी र तनावका बीच नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताएका छन् ।

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् । यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।

बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्नेछ । अब काँग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal