आज :

एकीकृत समाजवादीका मन्त्रीले सातामा एक दिन पार्टी कार्यालय पुग्नुपर्ने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुलाई साताको १ दिन पार्टी कार्यालयमा जान पार्टीले निर्देशन दिएको छ ।

सो पार्टीले आफ्ना मन्त्री भएकाहरुलाई साताको एक दिन पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्न समय र दिन नै तोकेर सेड्युल बनाएको हो ।

पार्टीले बनाएको सेड्युलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २–३ बजेसम्मको समय तोकिएको छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २–३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २–३ बजेसम्म र सहरी विकासमन्त्री मेटमणी चौधरीलाई बुधबार पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको सो पार्टीले जनाएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal