आज :

चिनियाँ कम्युनिष्ट पार्टीका नेता काठमाडौँ ओर्लिएकै दिन प्रधानमन्त्री देउवाले पत्नी आरजुलाई कहाँ पठाए ? किन ?

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार काठमाडौँ आइपुगेका छन् ।

यता चिनियाँ कम्युनिष्ट पार्टीका नेता काठमाडौँ ओर्लिएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा आइतबार दिउँसो भारत पठाएका छन् ।

उनी नेपाल एयरलाइन्सको जहाजबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । बालुवाटार स्रोतका अनुसार आरजुको भ्रमण कति दिनलाई भन्ने टुंगो लगाइएको छैन । स्वास्थ्य परीक्षणका लागि भनेर आरजु पटक–पटक नयाँ दिल्ली गइरहेकी छन् ।

नेपाल भ्रमण : राजनीतिक कि रणनीतिक ?
साताअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भर्चुअल सम्वाद गरे । उनको संवाद नेपाल भ्रमणको तयारीस्वरुप थियो । उनै जियानचाओ आइतबार चार दिने भ्रमणका सिलसिलामा आइतबार नेपाल आइपुगेका हुन् ।

चिनियाँ उच्च अधिकारीको यो भम्रणलाई राजीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि विश्लेषक र कूटनीतिज्ञले भ्रमणलाई फरक फरक दृष्टिले हेरेका छन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

नेताहरुसँगको भेटवार्ताका क्रममा लिउले नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था र अमेरिकासँग भएको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सवालमा चासो राख्ने बुझिएको छ ।

कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीन चिन्तित छ । नेपालले बीआरआई परियोजना अगाडि बढाउने प्रतिवद्धता जनाएपनि व्यवहारमा अघि बढाउन सकेको छैन ।

कतिपयले नेपालमा बीआरआई परियोजना लागू हुन नदिन एमसीसी भित्र्याएको विश्लेषण गरिरहेका बेला चिनियाँ पक्षको नेपालप्रति बढेको चासोले नेपाल शक्ति राष्ट्रको खेल मैदान हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

राजनीतिक विश्लेषक प्राडा. लोकराज बराल चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेता नेपाल भ्रमणमा आउनु र सम्बन्ध विस्तार गर्न खोज्नुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् । साथै उनी नेपालका पार्टीहरूको झगडा मिलाउने र अरु देशसँगको नेपाल सम्बन्धका सवालमा अनावश्यक चासो देखाउन नहुनेतर्फ स्वयम् नेपाल पक्ष सजग हुनुपर्ने बताउँछन् ।

यस्तै बेल्जियमका लागि नेपालका पूर्व राजदूत विजयकान्त कर्णले राजनीतिक एजेण्डा बोकेर उनी नेपाल आएको तर्क गरे । नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता वा मोर्चा बनाउने एजेण्डा लिएर उनी नेपाल आएको कर्णको तर्क छ । उनले तीन पार्टी एकता गर्न चिनियाँ नेता नेपाल आएको भन्ने कुरामा कुनैपनि नेताले खण्डन नगरेकोमा आपत्ति समेत जनाए ।

नेपाल आएसँगै उच्चस्तरीय भेटवार्तामा जुटेका लिउले पहिलो राजनीतिक भेटवार्ता परराष्ट्रमन्त्री डा. नारायण खड्काबाट सुरु गरेर बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर बिट मार्दैछन् ।

लिउले आइतबार प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रचण्ड, नेपाल र खनालपछि उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार भेटवार्ता गर्नेछन् । भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर लिउ सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal