आज :

श्रीलंकाका राष्ट्रपतिको निवास प्रदर्शनकारीले कब्जा गरे, राष्ट्रपति राजापाक्षे भागेर कता गए ?

  • अनलाइन डबली

काठमाडौँ । श्रीलंकामा जारी विरोध प्रदर्शन उत्कर्षमा पुगेको छ । आर्थिक संकटसँगै केही महिनादेखि विरोधमा रहेका सर्वसाधारणले राष्ट्रपति निवास कब्जामा लिएका छन् । सुरक्षाकर्मीले रोक्ने गरेको प्रयास असफल भएको छ । प्रदर्शनकारीले राष्ट्रपति निवासभित्र रहेको स्वीमिङ पुलमा पौडी खेलिरहेका छन् । राष्ट्रपति भवनभित्र सयौं प्रदर्शनकारी घुमिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

प्रदर्शनकारीले घेराउ गरेपछि राष्ट्रपति गोटावाया राजापाक्षे निवास छाडेर भागेका छन् । प्रदर्शनलाई रोक्न देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । तर पनि सर्वसाधारण स्वतस्फूर्त रुपमा विरोध प्रदर्शनमा उत्रिएका छन् । राजधानी कोलम्बोमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीले राष्ट्रपति भवनतिर अगाडि बढ्दा सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए ।

बल प्रयोगबाट पनि रोक्न नसक्ने भएपछि राष्ट्रपति राजपाक्षेलाई निवासबाट भगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । त्यसैगरी कोलोम्बोस्थित अन्य नेताहरुको घर पनि प्रदर्शनकारीहरुले घेराउ गरेको बताइएको छ । प्रदर्शनकारीले सांसद रजिता सेनारत्नेको घरमा पनि घेराउ गरेका छन् ।

राष्ट्रपति राजपाक्षेलाई सेनाको मुख्यालयमा लगिएको बताइएको छ । तर, यसको पुष्टि भने हुन सकेको छैन । समाचार संस्था एएफपीले राष्ट्रपतिलाई सुरक्षाका लागि अन्यत्र सारिएको बताएपनि कता राखिएको छ भन्ने खुलाएको छैन ।

कडा सुरक्षा घेरामा रहेको राष्ट्रपति भवनमा प्रवेश रोक्न सेनाले हवाई फायर गरेको थियो । श्रीलंकाको एक नीजि टेलिभिजन सिरासा टिभीले कडा सुरक्षा घेराभित्र हुने राष्ट्रपति निवासमा भीड प्रवेश गरेको भिडियो फुटेज प्रशारण गरेको छ ।

अत्यावश्यक वस्तुहरू आयात गर्न विदेशी मुद्रा सकिएपछि श्रीलंकाले महिनौंसम्म खाद्यान्न र इन्धनको अभाव भोगिरहेको छ । यसबीच महँगी आकाशिएसँगै दैनिक जीवन निकै कठिन बन्दै गएको छ । देशको अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शनका लागि शनिबार देशभरबाट विशाल राजधानी कोलम्बो उत्रिएको छ । विपक्षी दल, अधिकारकर्मी र बार एसोसिएसनले प्रहरी प्रमुखलाई मुद्दा हाल्ने धम्की दिएपछि प्रहरीले शुक्रबार जारी गरेको कर्फ्यू आदेश फिर्ता लिएको थियो ।

राजपाक्षे परिवार लगायतर नेतृत्वमा रहेको र उनीहरुले लिएका नीति, चरम भ्रष्टाचार र परिवारवादका कारण श्रीलंकामा आर्थिक संकट पैदा भएको भन्दै विरोध सुरु भएको थियो । विदेशी मुद्रा संचित शून्य भएसँगै संकट पैदा भएको थियो । विदेशी मुद्रा संचित नभएका कारण आयत हुने कुनै बस्तु ल्याउन सकेको प्रधानमन्त्री रनिल विक्रमसिंघेले केही दिन पहिले बताएका थिए । उनले रुस र चीनसँग यसबारे वार्ता गरेर समस्या समाधान गर्ने बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal