आज :

लद्दाखमा फेरि चिनियाँ सेना आकाश र जमिनमा तैनाथ, भारतमा तरंग

  • अनलाइन डबली

काठमाडौँ । चीन–भारत सीमा पूर्वी लद्दाखमा फेरि तनाव उत्पन्न भएको छ । चिनियाँ र भारतीय सेनाले सैन्य गतिविधि बढाएका छन् । भारत,  चिनियाँ जनमुक्ति सेनाले सीमा क्षेत्रमा फाइटर जेट उडाएको संचारमाध्यमहरुले जनाएका छन् । केही समयदेखि शान्त रहेको सो क्षेत्र पछिल्लो हप्ता फेरि तनाव हुने संकेत देखिएको छ । ‘मेड इन चाइना’ लेखेका फाइटर विमान चिनियाँ झण्डा फहराउँदै भारतीय आकाशमा उडेको बताइएको छ ।

भारतीय संचारमाध्यमहरुले सो क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाले सैन्य अभ्यास गरेको दाबी गरेका छन् । फाइटर विमानसँगै जमिनमा पनि चिनियाँ सेना तैनाथ गरिएको छ । हतियार बोकेका गाडीहरुको लस्कर सो क्षेत्रमा गइरहेको छ ।

चीनले सैन्य अभ्यास गरेपछि भारतले पनि सो क्षेत्रमा सेनाको संख्या बढाउनुको साथै छोटो दूरीका हतियार पनि पठाएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । तर, यसबारे चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि भारतले यस्तो आरोप लगाउँदा चीनले नियमित सैन्य तालिम भएको बताउँदै आएको थियो ।

यसअघि सन् २०२० मे १ मा दुई देशका सेनाबीच लद्दाखको पेन्गोन्ग त्सो तालको नर्थ बैंकमा झडप भएको थियो । यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका थिए । त्यसपछि जुन १५ मा गलवान उपत्यकामा एक पटक फेरि दुई देशका सैनिक बीच झडप भएको थियो । उक्त झडपमा चिनियाँ सेनाले भारतीय सेनालाई लखेटेको भिडियो भाइरल भएको थियो । चिनियाँ सेनाले भारतीय सेनालाई धेरै टाढासम्म लखेटेको थियो । सोही घटनामा चीनको पनि क्षति भएको थियो ।

त्यसपछि दुबै देशलाई यो विवादलाई कुटनीतिक ढंगबाट समाधान गरेका थिए । विदेशमन्त्री स्तरिया बार्तापछि दुबै देशका सेना पछि हटेका थिए । आफ्नो ठूलो क्षति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो क्षेत्रमा पुगेका थिए ।

चीन र भारती सीमा विवादः चीन–भारत सीमा विवाद सन् १९६२ को यद्धभन्दा पनि पहिलेबाट हो । सीमा विवादलाई लिएर यो मितिमा युद्ध भयो । चीन र भारतको विवादको मुख्य कारण सीमा नभएर दलाई लामाको शरण हो । तिब्बती नेता दलाई लामालाई भारतले शरण दिएपछि सीमाको नाममा पटकपटक झडप र क्षति भइसकेको छ । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारत पुगे ।

सन् १९५९ मा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले घोषणा गरेको वास्तविक नियन्त्रण लाइनको पूर्वी भागको उत्तरमा रहेको म्याकमोहन रेखामा भारतले अगाडि बढेको नीतिअनुरूप म्याकमोहन लाइनको सिमानामा आफ्नो सैन्य चौकी राख्यो ।

२० अक्टोबर १९६२ मा, चिनियाँ सेनाले लद्दाखमा र म्याकमोहन लाइन पार गरेर एकैसाथ हमला भएको थियो । चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या–ला र पूर्वमा तवाङ कब्जा गर्यो । चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा ग¥यो । साथै, विवादित दुई क्षेत्रमध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो । तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्तपछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो ।

भारत–चीन युद्ध कठोर परिस्थितिहरूमा भएको लडाइँको लागि परिचित छ । समुद्री सतहबाट ४२५० मीटर (१४,००० फिट) भन्दा माथी लडाइँ भएकोले यसलाई कठिन युद्ध पनि भनिन्छ । दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरूको सामना गर्नु परेको थियो ।
यस युद्धमा चीन र भारतले वायुसेनाको प्रयोग नगरेकै कारण ठूलो क्षति भएन र कुटनीतिक माध्यमबाट समाधानको दिशातिर अघि बढे । सीमा विवादलाई लिएर चीन र भातरबीच विभिन्न स्तरमा दर्जनौं पटक वार्ता भएका छन् तर निष्कर्षमा भने पुग्न सकेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal