
काठमाडौं । सहज रुपले ईविलिङ्ग वा कम्प्यूटर विलिङ्गको लागि ‘लिपिका अकाउन्टिङ सफ्टवेर’ बजारमा ल्याएको लिपिका इन्टरनेस्नल प्रालिका प्रबन्ध निर्देशक दिपेन्द्र चौलागाइले बताएका छन् । गत महिनाबाट आन्तरिक राजस्व विभागले वार्षिक १० करोड भन्दा बढी कारोबार गर्ने सबै किसिमका करदाताहरुले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बीजक(e-Billing) जारी गर्नै पर्ने बाध्यात्मक नीति लागु गरेको छ । विभागको नीतिलाई मध्यनजर गर्दै बजारमा सफ्टवेर ल्याइएको चौलागाई बताउँछन् ।
विश्वभरी विज्ञान र प्रविधिको अकल्पनिय विकाससँगै पुराना कुराहरु विस्थापित हुँदै गएको पाइन्छ , तर नेपाली अर्थ तथा लेखा प्रणाली, कारोबार र हरिछापमा विस्तारै कम्प्यूटराईज र विद्युतिय व्यवस्था बढ्न थाले पनि अझै परम्परागत पद्दति विस्थापन हुनसकेको अवस्था छैन । यससँगै विगत ४ वर्षको अध्ययन र अनुसन्धान पश्चात लिपिका इन्टरनेस्नल प्रालिले सफ्ट्वेरलाई तुलनात्मक रुपमा बजारमा चलिरहेका भन्दा परिस्कृत सफ्ट्वेयर ल्याएको निर्देशक चालागाईको जिकिर छ ।
सो प्रालिका मार्केटिङ म्यानेजर देव लामाका अनुसारसफ्ट्वेयर क्लाउड वेस सरबर भएकोले विश्वसनिय, भरपर्दो र सर्वशुलभ समेत भएको दावि गरेका छन् । सरकारले ल्याएको बाध्यात्मक इविलिङ प्रणालीलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न नेपाली बजारमा जिटिलता भएको समयमा यस किसिमको सफ्टवेर आउनु खुसिको विषय भएको प्रयोगकर्ताहरु बताउँछन् ।