आज :

बोरिस जोनसन प्रधानमन्त्रीबाट बाहिरिने पक्का भएपछि पुटिन दङ्ग ! के हो रहस्य ?

  • अनलाइन डबली

काठमाडौँ । रुसी आक्रमण विरुद्धको लडाइँमा युक्रेनलाई लगातार ब्रिटिश सहयोग कायम राखेका प्रधानमन्त्री बोरिस जोनसनको बहिर्गमन हुने निश्चित भएपछि मस्कोले उनको आलोचना गरेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जोनसनले “वास्तवमै हामीलाई मन पराउँदैनन् र हामी पनि उनलाई मन पराउँदैनौँ” भनेका छन्। उनले लण्डनमा “संवादमार्फत् निर्णय लिनसक्ने अधिक सूझबुझपूर्ण व्यक्तिहरू” आउने आशा व्यक्त गरे।

यसैबीच रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सञ्चारकर्मीहरूलाई जोनसन “आफैँले चालेको आफैँलाई प्रत्युत्पादक हुने” कदमको निसानामा परेको बताएकी छन्। उनले त्यसको नैतिक शिक्षा भनेको “रुसलाई सिध्याउन नखोज्नु” भन्ने रहेको बताइन्।

युद्ध सुरु भएदेखि जोनसनसँग नजिकको सम्बन्ध बनाएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जोनसन बहिर्गमनबारे हालसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन्।

तर उनका सल्लाहकार मिखायो पोडोल्याकले ट्विटरमा “क्षेप्यास्त्र आक्रमणका बावजूद किएभमा आइपुगेका पहिलो व्यक्ति” र “युक्रेनलाई समर्थन गर्न सधैँ अगाडि रहेको” भन्दै जोनसनलाई धन्यवाद दिएका छन्।

यद्यपि धेरैजसो अन्तर्राष्ट्रिय नेताहरूले जोनसनको आसन्न बहिर्गमनलाई सम्बोधन गरेका छैनन्।  सम्भवतः उनीहरू त्यो पुष्टि नभएसम्मका लागि पर्खिरहेका छन्।

तर संसारभरिका समाचार संस्थाहरूले ब्रिटेनका नाटकीय राजनीतिक घटनाहरूको खबर दिइरहेका छन्। जोनसन बाहिरिने खबरले रुस पनि मख्क भएको छ । यता एक रिपोर्टले रुसले विश्वलाई नै ठप्प पारिदिन सक्ने देखाएको छ ।

युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि तेल उत्पादनमा कटौती गर्दै आएको छ । विश्वव्यापी विश्लेषक फर्म जेपी मोर्गन चेज एण्ड कम्पनीका विश्लेषकहरुका रुसले चाल्ने एक कदमले विश्व नै ठप्प हुन सक्छ । उनीहरुले विश्वभर कच्चा तेलको मूल्यमा भारी वृद्धि भइसकेको छ तर रुसको एक कदमले यो मूल्य अझै बढ्नेछ र विश्व एक हिसाबले ठप्प नै हुनेछ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कच्चा तेलको मूल्य मूल्य प्रति ब्यारेल ३८० डलर पुग्न सक्ने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ । अमेरिका र युरोपेली देशहरूको जरिवानाका कारण रुसले कच्चा तेलको उत्पादन घटाउन सक्ने समेत बताएका छन्।

जसका कारण विश्वभर तेलको मूल्य खरिद गर्न नसक्ने अवस्थामा पुग्ने बताइएको छ । इन्धनको अभावसँगै अन्य क्षेत्र पनि ठप्पै हुन सक्ने बताइएको छ । उनीहरुले रुसी तेलमाथिको नाकाबन्दीले विश्वका अन्य देश र नागरिकको जनजीवन प्रभावित पार्ने बताएका छन् ।

हालै सम्पन्न जी सेभेनको शिखर सम्मेलनले यो अवस्था बुझेरै रुसबाट कच्चा तेल आयातलाई सशर्त स्वीकृति दिने निर्णय गरेको छ । बाहिर जति रुसविरुद्ध भनिएपनि बैठकमा त्यसबाट उत्पन्न हुने परिस्थितिबारे सबै चिन्नित थिए । उनीहरुको सर्तअनुसार रुसले तेल दिन तयार नभए संकट आउन सक्ने बताइएको छ । पश्चिमा देशहरुले रुसी तेलमाथि नाकाबन्दी लगाएपनि अवैध रुपमा उनीहरुकै देशमा तेल पुग्ने गरेको छ ।

नाकाबन्दीले रुसलाई आर्थिक अवस्था कमजोर नबनाएको तथ्यहरु सार्वजनिक भइसकेका छन् । युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको एक सय दिनमा ९९ अर्ब डलर तेलबाट कमाएको सार्वजनिक भइसकेको थियो । युक्रेन विवादपछि रुसमा कुनै पनि महंगी नबढेको बरु हरेक इन्धन सस्तो भएपछि सबै कुरा सस्तो भएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

जेपी मोर्गनकी नताशा केनेभा सहित धेरै विश्लेषकहरूले आफ्ना ग्राहकहरूलाई एउटा नोटमा भनेका छन् कि रूसले कच्चा तेलको उत्पादन प्रति दिन ५ मिलियन ब्यारेलले घटाउन सक्छ र यसले उसको अर्थतन्त्रलाई असर गर्दैन। तर प्रतिवेदनका अनुसार रुसको यो निर्णयको नतिजा बाँकी विश्वका लागि निकै खतरनाक हुनसक्छ ।

कच्चा तेल उत्पादनमा प्रति दिन ३ मिलियन ब्यारेलको कमीले लन्डन बेन्चमार्कमा तेलको मूल्य १९० डलर प्रति ब्यारेलमा धकेल्न सक्छ। कच्चा तेलको उत्पादन दैनिक ५० लाख ब्यारेलले घटेपछि यसको मूल्य प्रतिब्यारेल ३८० डलरसम्म पुग्न सक्छ ।

प्रतिवेदनका अनुसार अमेरिका र युरोपेली देशहरूको यो निर्णयसँगै रुसले चुपचाप नबस्ने र तेल निर्यात घटाएर बदला लिने सम्भावना छ । यदि रूसले तेल निर्यात घटाउन मात्र उत्पादन घटाउँछ भने यसले आतंक निम्त्याउँछ। अहिले तेल बजारको प्रवृत्ति रुसको पक्षमा छ ।

रोयटर्सको सर्वेक्षणका अनुसार पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ९ओपेक०ले जुनमा गठबन्धनमा भएको सम्झौताअनुसार तेल उत्पादन बढाएको छैन।

सर्वेक्षणका अनुसार ओपेकले जुन महिनामा प्रतिदिन २८ लाख ५२ हजार ब्यारेल तेल उत्पादन गरेको थियो । तर, यो उत्पादन मे महिनाको तुलनामा प्रतिदिन १ लाख ब्यारेलले कम रह्यो । ओपेकले जुनमा तेल उत्पादन प्रतिदिन २ लाख ७५ हजार ब्यारेलले बढाउने योजना बनाएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal