आज :

प्रचण्डको राजनीतिक प्रस्ताव सर्वसम्मतिले पारित, अन्तरघात गर्नेलाई कारवाही गर्न समिति बन्ने

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय समिति सदस्यहरुले उठाएका प्रश्न तथा धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

अहिले बैठक जारी छ । अन्य एजेण्डामाथि छलफल भइरहेको छ । एक नेताका अनुसार पदाधिकारीसहितको सेट पेस गर्ने तयारी भइरहेको छ । प्रचण्डले अन्तिम सहमति नजुटेपछि विशेष महाधिवेशनबाट टुंगो लगाउने प्रस्ताव गर्ने छन् । आज पदाधिकारी नटुंगिएपनि स्थायी समिति र पोलिट्ब्यूरोको अध्यक्ष प्रचण्डले पेश गर्ने तयारीमा रहेको बताइएको छ ।

माओवादीले स्थानीय चुनावमा पार्टीमा अन्तरघात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाउने भएको निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समिति बनाइने जानकारी दिएका हुन् ।

अध्यक्ष प्रचण्डले संघीय निर्वाचनमा हुन सक्ने थप क्षतिलाई रोक्न १५ दिनमै प्रतिवेदन दिनेगरी छानबिन समिति बनाइने बताए । उनले दोषीमाथि विधानअनुसार निलम्बन र निष्काशनसम्मको कारबाही गरिने बताए । उनका अनुसार मधेसका धेरै र पहाडका केही स्थानमा अन्तर्घात देखिएकाले त्यसबारे छानबिन हुनुपर्ने बताए ।

त्यसैगरी अध्यक्ष प्रचण्ड आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन प्रदेशमा समन्वय समिति बनाउने बताएका छन् । प्रचण्डले संघ र प्रदेशको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै प्रदेशमा समन्वय समिति बनाइने जानकारी दिए ।

उनले समितिले नेता कार्यकर्तालाई फिल्डमा खटाउने बताए । अध्यक्ष प्रचण्डले नयाँ समिति बनाउँदा केही आत्तिन जरुरी नरहेको बताउँदै सबै कार्य विधान अनुरुप नै हुने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal