आज :

एकाएक सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा भइहरेको छ कारोबार ?

  • अनलाइन डबली

काठमाडौँ । एकाएक नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार तोलामा १ हजार ४०० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

त्यस्तै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजारमा कारोबार भएको थियो । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । हिजो बुधबार पनि सुनको मूल्यमा प्रतितोला १ हजार ६०० रुपैयाँ गिरावट आएको थियो ।

मंगलबार तोलामा ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो । जुन बुधबार तोलामा १ हजार ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

पछिल्लो २ दिनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको महासंघले जनाएको छ । यसैबीचमा चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal