आज :

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीबारे के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मंगलबार र बुधबार स्थगित भएको बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ ।

आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ । बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक गत मंगलबार र बुधबार स्थगित भएको थियो । बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।

प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ। प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्।

उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गरेका थिए। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal