आज :

नेकपा (बहुमत) को युवा संगठनको अध्यक्षमा हरिश भट्ट र महासचिवमा झलक बिक निर्वाचित

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (बहुमत) को युवा संगठनले हरिश भट्टको अध्यक्षतामा ८१ सदस्यी केन्द्रीय समिति निर्वाचित गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको सहायक सङ्गठन युवा जनस्वयमसेवक नेपालको विशेष राष्ट्रिय भेलाले अध्यक्षमा, दुई उपाध्यक्षमा वीरेन्द्र विक र अविनाश कुँवर, महासचिवमा झलक विक, सचिवमा सन्तोष सुवेदी र कोषाध्यक्षमा कविता कार्कीलाई निर्वाचित गरेको हो ।

संगठनले राष्ट्रियत र जनजिवीकाका सवालमा संघर्ष गर्ने निर्णय गरेको बताइएको छ । त्यस्तै भ्रष्टाचारविरुद्ध पनि विशेष अभियान संचालन गर्ने एक पदाधिकारीले बताए । अध्यक्ष र महासचिव यसअघि अखिल क्रान्तिकारीकाे केन्द्रमा रहेर काम गरिसकेका थिए ।

नवनिर्वाचित कार्यसमितिका तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष भट्टले सबैखाले प्रतिक्रियावाद, साम्राज्यवाद र संसदीय संशोधनवादसँग लडेर क्रान्तिलाई विजयको लक्ष्यसम्म पुर्याएरै छोड्ने उद्घोष गरे । उनले सहिद–बेपत्ता योद्धा र घाइते–अपाङ्गका सपना पूरा गर्ने वाचा गर्दै आफूहरूलाई आइपरेको जिम्मेवारी पूरा गर्न र देश र श्रमिक सर्वहारा वर्गको सपना साकार पार्न बलिदान रोज्न पनि तयार रहेको उद्घोष गरे ।

नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले बधाई दिएका छन् । उनले युवाहरुको काँधमा इतिहासले ठूलो जिम्मेवारी दिएको बताउँदै त्यो नयाँ कार्यसमितिले पूरा गर्ने विश्वास समेत व्यक्त गरे ।

त्यसैगरी पार्टी केन्द्रीय सदस्य तरा फ्राक्सन इन्चार्ज दीपकले नेपालका एक मात्र क्रान्तिकारी शक्ति नेकपा बहुमतको सहायक सङ्गठनले पार्टी कार्यदिशा कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टी कार्यदिशा लागू गर्ने जिम्मेवारी रहेको युवा जनस्वयमसेवकनेपाल राष्ट्रघाती, भ्रष्ट र दलालहरूको मृत्यु बन्ने उद्घोष गरे ।

पार्टी संयोजक बास्तोलाले उद्घाटन गरेको विशेष राष्ट्रिय भेलामा ७७ वटै जिल्लाका प्रतिनिधिहरु सहभागी भएका थिए । भेलाको बन्द सत्रमा प्रवक्ता हेमन्तप्रका ओलीले प्रशिक्षण दिएका थिए । प्रवक्ता सुदर्शनले विप्लवहरूले सरकारसँग तीनबुँदे सहमति गरेर आत्मसमर्पण गरेको बताए । विप्लव समूह दार्शनिक रूपमा सारसङ्ग्रहवादी, राजनीतिक रूपले संसदीय संशोधनवादी, साङ्गठनिक रूपले निषेधात्मक अधिभूतवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक रूपले जुझारु अर्थवादी भएकाले क्रान्तिकारीहरूले उनीहरूलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन गरिएको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal