आज :

प्रभाकरले पार्टीकै सुझावमा राजिनामा दिनु भएको हो, उहाँ नै पुनः अर्थमन्त्री बन्नुहुन्छः अनन्त

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन  ‘अनन्त’ ले अर्थमन्त्र जनार्दन शर्मा ‘प्रभाकर’ ले उच्च नैतिकता देखाएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले संसदीय छानबिन समितिलाई सघाउन राजीनामा दिएको र र्दोष सावित भए प्रभाकर पुनः अर्थ मन्त्रालयमा फर्किने बताए ।

‘उहाँले उच्च नैतिकता देखाएर छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो, छानबिन हुन्छ । निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं’ अनन्तले भने । उनले पार्टीकै सुझावका  आधारमा प्रभाकरले राजिनामा दिएको समेत बताए ।

छानविन समिति बन्दैमा राजिनामा दिनुपर्ने बाध्यता नभएको बताउँदै अनन्तले भने, ‘समिति बन्दैमा राजिनामा दिनु पर्ने बाध्यता थिएन तर नैतिक रुपमा राम्रो हुन्छ भन्ने पार्टीको सुझाव पनि थियो ।

नेता अनन्तले विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभएको समेत बताए । ‘समिति बन्दैमा राजिनामा दिएको उदाहरण हामीकहाँ छैन, विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन तर उहाँले पार्टीको सुझावको आधारमा उच्च नैतिकता देखाएर राजिनामा दिनुभयो, यो स्वागतयोग्य छ’ अनन्तले भने ।

नेता अनन्तले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको पालामा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर पनि राजिनामा नदिएको समेत बताए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले हदैसम्मको पूर्वाग्रही र राजनीतिक उदेश्यको लागि छानविन समिति नबन्दै दोषी करार गरेर गर्न खोजेको भन्दै अनन्तले आपत्ति समेत जनाए । उनले संसदीय समितिले निष्पक्ष छानविन रुपमा छानविन गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal