आज :

खुमलटारमा माओवादी पूर्व स्थायी समिति बैठक जारी, यस्तो छ तयारी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)काे पूर्व स्थायी कमिटी बैठक जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियाे ।

प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन् । पार्टीको केन्द्रीय समिति बैठक पनि आजै बस्दैछ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी पनि भइरहेको छ ।

यता सरकारले प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको थियो ।

संशोधित विधेयक आज नै प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । प्रतिनिधि सभा बैठक आज विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal