आज :

नेकपा (बहुमत) निकट युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सुरु

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् ।

भेलामा देशैभरिबाट करिव १५० प्रतिनिधिहरूको सहभागीता रहेको छ । भेलाको उद्घाटन सत्रमा पुरानो युवा संगठन नेपालको नाम परिवर्तन गरी युवा जनस्वयंसेवक नेपाल बनाएको छ ।

भेलामा नेकपा (बहुमत) का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता ‘सुदर्शन’, कार्यालय सदस्यहरू दिपक, गम्भिर, आजाद र केन्द्रीय सचिवालय सदस्यहरू शरद रसाईली, प्रविण, अटल, अखिल नेपाल जनसास्कृतिक महासंघका केन्द्रीय संयोजक खेम थपलिया, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय अध्यक्ष विनोद थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संगठनका देवकला अधिकारी, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई, पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको छ ।

भोलि बुधबारसम्म चल्ने उक्त राष्ट्रिय भेलाले युवा जनस्वयंसेवकको केन्द्रीय कार्यसमिति चयन गर्नेछ । भेलाको अध्यक्षता संगठनका संयोजक हरिश भट्टले गरिरहेका छन्छ भने सञ्चालन आयोजक समिति सदस्य विरेन्द्र विकले गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal