आज :

काठमाडौँस्थित भारतीय दूतावासमा गोली चल्याे, एक सुरक्षाकर्मीको ज्यान गयाे

  • अनलाइन डबली

काठमाडौँ । भारतीय दूतावासमा गोली लागेर एकजना सुरक्षाकर्मीको मत्यु भएको छ । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको हो ।

भारतको उत्तराखण्ड घर भएका सुरक्षाकर्मीले ती सुरक्षाकर्मीले सोमबार आफैलाई गोली प्रहार गरेको बताइएको छ । उनले विहान ९ बजे आफूले बोकेको हतियारले आफैलाई फायर गरेको बताइएको छ । तर, यसका स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अहिले उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको बताइएको छ । विहान कार्यालय खुल्नु भन्दा पहिले नै उनको हतियार फायरिङ भएको छ । घटनाबारे अनुसन्धान भइरहेको दूतवास स्रोतले बताएको छ ।

दूतावासभित्रको घटना भएकोले आफूले आफैलाइ गोली चलाएका हुन् वा विवादपछि उनि मारिएका हुन् भन्ने खुल्न गारो हुने सुरक्षा अधिकारीहरु बताउँछन् । दूतावासले नेपाल प्रहरीलाई दूतावासमा कार्यरत ३० बर्षीय सुरक्षाकर्मीले आत्मह’त्या गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal