
काठमाडौं । बिजुलीबजार पुलमा ट्याक्सी र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । सधैं व्यस्त हुने विजुलीबजारमा पुलमा आइतबार साँझ भएको दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्सी र मोटरसाइलक एक आपसमा ठोक्किएका थिए ।
बागमती प्रदेश ०२ ०२५ प २८६६ नम्बरको मोटरसाइकल र ट्याक्सी ठोक्किएका थिए । ट्याक्सी चालकले आफू वुद्धनगरतिर मोड्न लागेको बेला मोटरसाइलकले ठक्कर दिएको बताए । तर प्रत्यक्षदर्शहरुले मोटरसाइकललाई ट्याक्सीले हानेको बताए ।
दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई अर्को ट्याक्सीमा राखेर अस्पताल पठाएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएकोले घटनाको थप विवरण आउन नसकेको बताइएको छ ।
ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लगेको छ । घाइते मोटरसाइलक चालक खतरामुक्त रहेको प्रहरीले बताएको छ । मोटरसाइकल भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यो ठाउँ दुर्घटना भइरहेका हुन्छन् ।