आज :

नेपालमा फेरि बज्दैछ खतराको घण्टी, केछ देउवा सरकारको तयारी ?

  • अनलाइन डबली

काठमाडौँ । गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो ।

यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन् । सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार असार १२ देखि असार १८ गतेसम्म ७ दिनमा ३२५ जना सङ्क्रमित थपिएका छन् भने यही अवधिमा १२४ जना सङ्क्रमणमुक्त भएका छन् । शनिबारसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ३१४ पुगेको छ । यो अवधिमा कोरोना सङ्क्रमितको भने मृत्यु भएको छैन ।

मन्त्रालयले तथ्यांकअनुसार असार १५ गते सर्वाधिक ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यो दिन सङ्क्रमण दर ३.८२ प्रतिशत पुगेको थियो । त्यस्तै १६ गते ५५ जनामा सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमण दर २.०३ प्रतिशत रहेको थियो ।

हेर्नुहोस् टेबल

नेपालमा हालसम्म पीसीआर विधिबाट ९ लाख ७९ हजार ७६२ तथा एन्टिजेन विधिबाट १ लाख ४० हजार ४९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । यसमध्ये ९ लाख ६७ हजार ४९६ जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

खोप अभियान सुरु भए यता हालसम्म ४ करोड ६६ लाख ९६ हजार ३६५ मात्रा खोप लगाइएको छ । यसमध्ये १ करोड ९८ लाख ५६ हजार ८३५ जनाले एक मात्रा, २ करोड ३ लाख ५० हजार ४९ जनाले पूर्ण मात्रा तथा ६४ लाख ८९ हजार ४८१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal