आज :

मणिपुरमा भिषण पहिरो- २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

  • अनलाइन डबली

काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।

पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए ।

तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् । उता चीनको दक्षिणी क्षेत्रमा टाइफुनका कारण वर्षा र आँधीले प्रभावित भएको छ ।

चीनमा शनिबार दिउँसो आएको यस वर्षको पहिलो टाइफुनका कारण अत्याधिक जनसंख्या भएको ग्वाङडोङ प्रान्तमा पनि अत्याधिक वर्षा र जोखिम बढ्ने सम्भावना भएको मौसम विज्ञहरूले जानकारी गराएका हुन् ।

ग्वाङडोङको माओमिङ सिटीमा ल्याण्डफल ल्याएसँगै टाइफुन छाबा नामक यस टाइफुनर्ल १५–२० किमी प्रति घण्टाको गतिले उत्तरपश्चिम क्षेत्रतर्फ गएको राष्ट्रिय मौसम विभागले एक विज्ञप्तिमा जानकारी गराएको छ ।

छाबाको तीव्रता मध्यम भएको र समयसँगै यसको शक्ति घट्दै जाने भएता पनि भारी वर्षा र संचीय वर्षाको रेकर्ड तोड्ने अनुमान भएको विभाग प्रमुख गाओ शुआन्झुले जानकारी दिए ।

विगत केही हप्तामा चीनको दक्षिणी भेगमा ऐतिहासिक वर्षा र बाढीका कारण जनधनको क्षतिसहित ट्राफिक र लाखौँ मानिसको जीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal