आज :

आईजीपी विवादबारे कामु प्रधानन्यायाधीश नेतृत्वको संयुक्त इजलासमा चौथो सुनुवाइ हुँदै

  • अनलाइन डबली

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी विवादसँगै राखिएको एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ सकिएको छ । एआईजी बढुवाविरुद्ध पूर्व डिआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए ।

जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवाविरुद्धको रिटका प्रत्यर्थी धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागि पेस गर्न आदेश गरेका थिए ।

घनश्याम अर्याल सहित ३ जना डिआईजीले अहिलेका आईजीपी धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal