आज :

पार्टी घोषणा गरेको हप्ता नबित्दै वामदेव गौतममाथि कारवाही, यस्ता छन् पाँच आरोप 

  • अनलाइन डबली

काठमाडौं । पार्टी घोषणा गरेको हप्ता दिन नबित्दै संयोजक बामदेव गौतम कारवाहीमा परेका छन् । नेकपा एकता राष्ट्रिय अभियानमा गठन गरेको सातौं दिनमा गौतममाथि कारवाही स्वरुप निकासित गरिएको हो ।

अभियानमा आवद्ध चार दलले शनिबार संयोजक वामदेव गौतममाथ विभिन्न पाँच आरोप लगाउँदै कारवाही गरेका हुन् । अभियानका नेता युवराज सफलका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतममाथि कारवाही गरिएको हो ।

तत्कालिन नेकपा विभाजन भएपछि राजनीतिबाट अलग बसेका गौतमले केही पहिलो भेला गरेर समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीलाई साथमा लिएर नेकपा एकता राष्ट्रिय अभियान पार्टी निर्माण गरेको घोषणा गरेका थिए । लगत्तै उनीहरुबीच विवाद सिर्जना भएको थियो ।

विवाद बढ्दै गएपछि शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजक बनाउने निर्णय गरेको छ । त्यस्तै अन्य ११ जना नेतासहितको सचिवालय समिति गठन गरेको बताइएको छ ।

संयोजक गौमतले सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको, अहंकारवादी सोच र एकलौटी निर्णय गरेको, जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाएको, नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरेको आरोप बैठकले लगाएको छ ।

त्यसैगरी सम्पूर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएकोले गौतमलाई निस्काशन गरिएको बताइएको छ ।

गौतमले नयाँ पार्टी बनाएपछि नेकपा एमाले केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसपछि अभियानमा आवद्ध अन्य नेताहरु चिढिएको थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal