आज :

पूर्वजनमुक्ति सेनाका घाइते कमाण्डरको उपचार नपाएर काठमाडौंमा सडकपेटीमै मृत्यु

  • अनलाइन डबली

काठमाडौं । पूर्वजनमुक्ति सेनाका एक कमाण्डरको उपचार नपाएर ज्यान गएको छ । कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्याैपाने  ‘सेवक’ को काठमाडौंमा सडकपेटीमै ज्यान गएको हो ।

जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए । लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए । सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आएका थिए ।

तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला ज्यान गएको बताइएको छ । जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सरकारमै भएको बेला एक घाइते योद्धले उपचार नपाएर ज्यान गुमाउनु परेको छ ।

उपचार गर्न भनेर कालिकोटबाट काठमाडौं आएपनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै । नियमित औषधि समेत गर्न नपाएपछि सेवकलाई बिरामले चेप्दै गएको थियो ।

सेवक तत्कालिन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्ड समेत भएका थिए । उनले पश्चिम नेपालका धेरै युद्ध लडेको थिए । सोही क्रममा घाइते भएका थिए ।

अनमिनको प्रमाणिकरणको क्रममा अयोग्य भनेर उनलाई शिविरबाट बिदाई गरिएको थियो । सेवकको मृत्यु सडक पेटीमा भएपछि माओवादी नेताहरुप्रति सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् ।

उनले काठमाडौं आएपछि धेरै नेताहरुलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको भन्दै उपचार गरिदिन आग्रह समेत गरेको बताइन्छ ।उपचारको माग गर्दै जनयुद्धका घाइतेहरुले माइतीघरमा आमरण अनसन नै बस्नु परेको थियो।

सरकारले प्रक्रिया पूरा गरेर निःशूल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो । त्यो भन्दा पहिला गृहमन्त्रमा भएको छलफलबाट प्रहरीले घाइतेहरुलाई प्रहरी लगाएर गिर रफ्तार हिरासतमा राखेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal