आज :

जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

  • अनलाइन डबली

वीरगञ्ज । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय संघीय परिषद् अध्यक्षसमेत रहेका डाक्टर बाबुराम भट्टराई पक्ष जसपाभित्र असन्तुष्ट छ ।

भट्टराई करिब पार्टीबाट अलग हुने स्थितिमा पुगेका छन् भने अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई स्वकार गर्न नसक्ने भए अलग हुन सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal