आज :

अभिनेता राजेश हमाल माओवादी केन्द्रमा प्रवेश गर्दैछन् ? बाहिरियो यस्तो तस्विर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटारस्थित निवास पुगेका थिए ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

एकछिन सामूहिक भेटवार्ता भएपछि, पछि प्रचण्ड र राजेश हमालमात्र बसेर छलफल गरेका थिए । एक्लाएक्लै भएको भेटमा भएको कुराकानीको विषय सार्वजनिक भएको छैन ।

राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने सोधेको प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए । यसबारे चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ । त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’

पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो । यो भेटले उक्त चर्चालाई थप बल दिएको छ । प्रचण्ड र हमालबीच भएको भेटघाटको तस्विर समेत बाहिरिएको छ ।

यसैबिच नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सुकबहादुर रोकाले प्रचण्ड र भट्टराईबीच बिहान साढे १० बजेदेखि १ घण्टा छलफल भएको जानकारी दिए। भेटमा भएको कुराकानीबारे भने आफूलाई थाहा नभएको रोकाले बताए ।

उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal