आज :

नमुना सर्केगाड बनाउने उद्देश्यसहित गाउँसभामा झण्डै ४४ करोडको बजेट पारित

  • अनलाइन डबली

सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालीकामा ४३ करोड ८४ लाख ४९ हजारको बजेट गाउँसभाबाट पारित भएको छ । स्थानिय तहको गत ३० गते भएको निर्वाचनमा नव निर्वाचित गाउँपालीका अध्यक्ष ठानबहादुर रोकाया,उपाध्यक्ष चन्द्रसिंह कार्की,आठ वटै वडाका वडा अध्यक्षसहित वडा सदस्यहरुले पुर्ण समर्थन जनाएसगै दसौँ गाउसभा बहुमतले पारित भएको हो ।

नया संम्रचनापछि पाँच वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि तथा गाउसभा सदस्यहरुले पालीका लाई नमुना बनाउन पुर्वधार विकाशका कार्यसँगै धर्म–साँस्कृतिक सँरक्षण,सिपमुलक तालीम देखि खेलकुद तथा पालीकाको राजस्वबाट पारिश्रमीकको व्यावस्था हुने गरी स्थानिय प्रहरी परिचालन गरि रोजगारको सृजना गर्ने उदेश्य रहेको गाउपालीका अध्यक्ष ठान बहादुर रोकायाले बताए ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत अध्यक्ष रोकायाले गरे भने उपाध्यक्ष चन्द्रसिङ कार्कीले अनुमानित आएव्याएको बजेट प्रस्तुत गरेका हुन । यसअघि जिल्ला सदरमुख काम सिमिकोट र प्रदेस केन्द्र सुर्खेतमा सम्पर्क कार्यलय स्थापना गरि पालीकाले दिने सेवाको अभास नभएको स्थानियहरुको मर्म प्रति ध्यानाकर्षण भएर स्थानिय सरकारका जिम्मेवारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले दिने सेवा प्रभाहका लागि यसै आव बाट लागू हुने गरि बिधुतिय हाजीरीको व्यावस्था गर्ने भएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

पर्याटन प्रवधनको लागि जल यात्रमा रिपको विउबारा देखि सल्लीसल्ला हुँदै चुम्च सम्म रेप्टीङ सञ्चालन गरिनुका साथै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार सम्मृद्धी सर्केगाड गउँपालीकाको आाधार भन्ने मुल भावलाई आत्मसाथ गर्दै माटो सुहाउँदो अनुसारको अर्गानिक खेति उत्पादनमा जोड दिने तथा एक घर एक धारो निर्माण गर्ने जनायको छ  भने प्रत्येक वडावडामा सडक बिस्तारमा समेत पहल गरी पालीकामा रिङरोडको परिकल्पना गरेको छ । १५ सैया अस्पताल निर्माण, सुत्केरी पोषाण भत्ताको व्यावस्था, स्वास्थ्य वीमा तथा चौमासीक रुपमा स्वास्थ्य सिविर सञ्चालन गर्ने पालीकाको नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।

यस्तै सामुदायीक सस्कृतीक संरक्षणका लागि रादेउ,फुचा,बराई,भुवा,कल्लास र कुती गाउँलाई थपाल्या–व्याँसी संरक्षण वडा गाउँ घोषणा गरिने भएको छ । पालीका स्थरिय सुविधा युक्त खेल मैदानको व्यावस्था गर्ने र स्वदेशी तथा विदेशी लगानीको निम्ति सर्केगाड गाउँपालिकाले आह्वान गर्ने जनाएको छ ।

  • एमबी थापाबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal