आज :

लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं- अध्यक्ष ओली

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् ।

१९ औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका छन् ।

उनले अब यस्तो स्थितिलाई सुधार गर्नुपर्ने बताए । अहिले हामी आफैले गर्दै आएको लापरवाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नु पर्ने बताए ।

यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैलाई सुधार गरे उन्नत बीऊ र आफ्नै जीवनस्तर समेत सुधार गर्न सकिने बताए ।

नेपाल कृषि प्रदान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ । यो सबै भूभाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal