आज :

प्रचण्डलाई घनश्यामको जवाफ- माओवादीको बीऊ अब उम्रिँदैन

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध बनाउँदै लैजाने बताएका छन्। एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो नगरेको उनले बताए।

‘हुन त आज कमरेड प्रचण्ड कहीँ भन्नुभएछ- हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ यसलाई सम्मान नै गर्नुपर्दछ,’ कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा आज बोल्दै नेता भुसालले भने, ‘तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैन।’

आज बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरू एकीकृत र केन्द्रीकृत गर्न नेकपा एमालेमा माओवादीको बीऊ छाडेको र त्यसले केही समयभित्र फल दिने बताएका थिए। भुसालले रैथाने बीऊलाई हाईब्रिड बनाउनुपर्ने बताए।

‘धेरै बीऊ मध्येबाट हाईब्रिड बनाउँदै धेरै उत्पादन हुने बीऊ बनाउनुपर्दछ। कमरेड प्रचण्डले के भुल्नुभयो भने त्यो माओवादीको बीऊ, एमालेको बीऊ अब चल्दैन। नेकपा एउटा हाइब्रिड थियो, हाम्रो वुद्धि पुगेन त्यो बीऊको भकारीमै आगो लगायौं,’ भुसालले भने। उनले हाईब्रिड बीऊबाट एकीकृत कम्युनिष्ट पार्टी बनाउन सकिने पनि बताएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal