आज :

महँगी र मूल्यवृद्धिविरुद्ध आज १ बजे माइतीघरमा ६ कम्युनिस्ट पार्टी र मोर्चाको प्रदर्शन

  • अनलाइन डबली

काठमाडौँ । महँगी, मूल्यवृद्धि, किसानका लागि मलबिउको अभावलगायत जनजीविका र राष्ट्रियताका विषयमा आज ६ कम्युनिस्ट पार्टी र मोर्चाले संयुक्त प्रदर्शन गर्दैछन ।

११ गते सार्वजनिक आन्दोलनका कार्यक्रमनुसार नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहित ६ पार्टी र सङ्गठनले आज दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन् ।

यसअघि महँगीविरुद्ध पर्चा वितरण र कोणसभाहरू सम्पन्न भइसकेका छन् । ६ दलले जनप्रदर्शनमा सहभागी हुन आमजनसमुदायमा आह्वान पनि गरेका छन् ।

मूल्य वृद्धिका बारेमा आन्दोलन घोषणा गर्दै नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गुजरेल, नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका कृष्णराज पौडेल, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी, माओवादी कम्युनिस्ट पार्टी नेपालका नारायणप्रसाद धिमाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका चिन्तामणि पौडेलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए ।

वर्तमान गठबन्धन सरकार बनेदेखि नै पेट्रोलियम पदार्थ र जनताले दैनिक रूपमा उपभोग र उपयोग गर्ने खाद्यान्न, यातायातका साधन, ढुवानी, किसानलाई अत्यावश्यक पर्ने रासायनिक मल, बिउ–बिजनको मूल्य अचाक्ली बढिरहेको भन्दै किसानका लागि आवश्यक पर्ने मल र बिउको अभाव हुनुको मुख्य कारण नेपालमा रासायनिक मलको उद्योग नहुनु र कमिसनको खेल भएको निष्कर्ष ६ राजनीतिक पार्टीले निकालेका थिए ।
सङ्घर्षमा उत्रिएका ६ पार्टी÷सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुनुको मुख्य कारण सरकारले कर, राजस्व शीर्षकमा अत्यधिक रकम लगाउनु, आयल निगमका कर्मचारीलाई १ वर्षभन्दा बढी समयको बोनस दिनु, बिमा र सञ्चयकोषका लागि ठूलो रकम छुट्ट्याउनु, चुहावट, ढुवानी, संसदीय पार्टीका नेता, माथिल्लो स्तरका कर्मचारीहरूलाई निःशुल्क पेट्रोलियम पदार्थ उपलब्ध गराउनु रहेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal