आज :

बुढीगण्डकी बनाउन कम्पनी खोल्ने मन्त्रिपरिषद्को निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सरकारले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना बनाउन कम्पनी खोल्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

आजको मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्री पम्फा भुसालले बुढीगण्डकीको प्रस्ताव लगेको र पारित गरेको एक मन्त्रीले बताए।

‘पब्लिक कम्पनी बनाएर लैजाने निर्णय भएको छ। अर्थ, विद्युत प्राधिकरण, ऊर्जा, स्थानीय तह, सर्वसाधारण सहितको सेयर राखेर बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने।

यसअघि ऊर्जा मन्त्रालयले बुढीगण्डकी कम्पनी मोडलमा बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी आयोजना सरकार आफैंले बनाउने निर्णय केही महिनाअघि भएको थियो।

यसअघि बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवाले बनाउने भनिएको थियो। बुढीगण्डकी बनाउने पुँजी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा छुट्टै कर लगाउँदै आएको छ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal