आज :

बामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ जना केन्द्रीय सदस्‍य, कार्की बने सचिव

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय समिति रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal