आज :

तीन दिनसम्म सातै प्रदेशका केही ठाउँमा भारी बर्षा हुने, मौसमविद्ले दिए यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । आजदेखि लगातार तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तथा सातवटै प्रदेशमा आजदेखि पर्सिसम्म ठूलो पर्ने सम्भवना रहेको छ । देशभर मनसुन सुरु भइसकेको महाशाखाले जनाएको छ ।

मौसमविद् सजिना शाक्यले सातै प्रदेशमा पानी पर्ने र केही स्थानमा भारी बर्षासमेत हुने सम्भावना रहेको बताइन् । उनका अनुसार रात दिन पानी पर्ने सम्भावना रहेको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले देशैभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुनेछ । यो सम्भावनाका बीच पर्सीसम्म अनुमान गरिएको हो ।

भारी वर्षा हुने भएकोले कतिपय ठाउँमा बाढी पहिरो आउन खतरा छ । मौसमविद्ले भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्ने सवाधानी अपनाउन चेतावनी दिएका छन् ।

प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको थियो भने यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal